बाणगंगा नदिको जग्गा विक्रि प्रकरणमा पत्रकार सम्मेलन

[sharethis-inline-buttons]

लुदस, जीतपुर
केहिदिन अघि बाणगंगा ६ साविक अमौली क्षेत्रमा नदीमा रहेको जग्गा वडाध्यक्षकै मिलेमत्तोमा विक्रि भएको समाचार बाहिरिएपछी त्यसको बास्तविकता बुझाउन वडाध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । अमैलीका ढिण्डु थारुको छोरा जोख्खन थारुको नदि उकासमा रहेको जग्गालाई कृषि वर्गिकरण भन्दै कृषि क्षेत्र रहेको भनी सिफारिस गरेपछी उनको आलोचना भएको थियो ।


यसै विषयको सत्य तथ्य जानकारी गराउने भन्दै वडाध्यक्ष करुण टण्डनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
पत्रकार सम्मेलनमा जग्गा विक्रि गरेको जोख्खन थारु , खरिद गर्ने प्रयुस्मा थापाकी आमा सम्झना थापा , साछी रहेका हरि प्रसाद पाण्डे समेतको उपस्थिती रहेको थियो ।
वडाध्यक्ष करुण टंण्डनले बाणगंगा नगरपालिकाको भु बर्गिकरणमा आवासिय क्षेत्र र कृषि क्षेत्र गरि वर्गिाकरण गरिएको र सेवाग्रहीले कृषि गरेको जग्गा बताएपछी आफुले सिफारिस दिएको बताए । वडाध्यक्ष टण्डनले भने उक्त जग्गामा खोला, नदि रहेको एकीन कसरी गर्ने सेवाग्राही आएपछी सेवा दिने आफ्नो कर्तव्य रहेको तर सेवाग्राहीले झुक्काएको उनले टिप्पणी गरेका थिए । उनले सो जग्गामा सके कृषि गर्न अन्यथा कुने गलत मनसायले लिएको भए त्यो कल्पना समेत नगर्न खरिदकर्तालाई चेतावनी समेत दिएका थिए ।
खरिदकर्ता थापाले १६ लाखमा उक्त जग्गा किनेको दावी गरेपनी विक्रि गरेका थारुले २ लाख ५० हजार मात्र पाएपछी दुवै आचर्यमा परेका थिए । विचौलियाले ठुलो रकमको प्रलोभनमा परि उक्त जग्गा खरिद विक्रि गरेको देखिएको छ ।
विचौलिया नवलपरासीका हर्षलाल खड्का रहेको बताईएको छ । यस विषयमा वडाध्यक्षसंग कुनै लेनदेन नरहेको थारुको स्पष्ट पारे ।
जग्गा खरिद प्रकरणको विषय अझै रहस्यमय बनेको छ ।


प्रकाशित : २०८० आश्विन १०, बुधबार ०१:१३