लुदस, जीतपुर
प्रहरी दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा ज्ञानपुन्जकी छात्रा दिक्षा खनाल प्रथम भएकी छन् ।
समुदायमा नेपाल प्रहरीको भुमिका विषायक प्रतियोगिता गत शुक्रवार जिल्ला प्रहरी कार्यालय तौलिहवामा आयोजना गरिएको थियो । असोज ३० गते ६८ औ प्रहरी दिवस मनाउने कार्यक्रम अन्र्तरगत प्रहरीले विभिन्न रचनात्कम कार्यक्रम गर्दै आएको छ ।
प्रतियोगितामा सिद्धार्थ विद्या मन्दिर तौलिहवाकी जिया सिंह द्धितिय, कपिलवस्तु शान्ति निकेतन तौलिहवा का अमित बर्मा तृतिय भएको जनाईएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तौलिहवाको समन्वयमा संम्पन्न प्रतियोगितामा जिल्लाका अधिकांश विधालयबाट विद्यार्थीहरुले भाग लिएका थिए ।
पछिल्लो समय ज्ञानपुञ्जले अधिकांश प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ ।




















