मायादेवीमा अभिमुखिकरण कार्यक्रम संम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रामु यादव
मायादेवीमा उपेक्षित उष्णप्रदेशिय रोगहरु र मातृ नवजात शिशुको एकीकृत सेवा प्रवाहको अनुसन्धान बाट प्राप्त सकारात्मक सुझावहरु बारे पालिका स्तरीय एक दिवसीय अभिमुखिकरण तथा छलफल कार्यक्रम मायादेवी गाउँ पालिकाको सभा हलमा सम्पन्न भएको छ ।

कपिलवस्तु जिल्लाको मायादेवी गाउँ पालिकाको आयोजना र कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा फेयर मेडको संयुक्त साझेदारीमा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाको प्राविधिक सहयोगमा मायादेवी गाउँपालिकामा उपेक्षित उष्णप्रदेशिय रोगहरु र मातृ नवजात शिशुको एकीकृत सेवा प्रवाहको अनुसन्धान बाट प्राप्त सकारात्मक सुझावहरु बारे पालिका स्तरीय अभिमुखिकरण तथा छलफल कार्यक्रम मायादेवी गाउँ पालिकाको सभा हलमा सम्पन्न भएको छ ।

एकीकृत स्वास्थ्य सेवा प्रवाह गर्ने र स्वास्थ्य संस्था छनोट गर्न उद्धेश्यले कार्यक्रम सम्पन्न भएको हो ।
उष्ण प्रदेशिय रोगहरु लाई निवारण गर्नको लागि गाउँ पालिकाले अपनत्व लिई आधारभूत स्वास्थ्य परियोजना लाई स्थानीय तह बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रको आधारभूत स्वास्थ्य परियोजनाको गुणस्तर सुधार विशेषज्ञ विपिन थापा,आधारभूत स्वास्थ्य परियोजनाको कपिलवस्तु जिल्लाको कार्यक्रम संयोजक श्री निसान कँवर को सहजीकरण,सोही संस्थाको प्रजोवल धिताल र आधारभूत स्वास्थ्य परियोजनाको फिल्ड सुपर भाइजर शिव रतन हरिजन को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मायादेवी गाउँपालिकाको अध्यक्ष श्री वलिउद्दीन मुसलमान को अध्यक्षता,गाउँ पालिका उपाध्यक्ष श्री सरस्वती यादव को प्रमुख अतिथ्यता,गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत श्री सविन सिंह चौधरी को विशिष्ट अतिथ्यता,मायादेवी गाउँ पालिकाको प्रत्येक वडाका वडा अध्यक्ष,स्वास्थ्य शाखा संयोजक,प्रत्येक वडाको स्वास्थ्य संस्था प्रमुख,गाउँ पालिकाको प्रत्येक शाखाको शाखा प्रमुखको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८० मंसिर २, शनिबार १४:१९