मायादेवीमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्र्तगत हिंसा अन्त्यका लागि सेमिनार

[sharethis-inline-buttons]

रामु यादव
कपिलवस्तुको मायादेवी गाउ“पालिका मा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको क्रममा थिङकिङ रिच नेपाल आयोजनामा २ दिने समेनार संम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद मकसूदन शरण चौधरी ले यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने र महत्वपुणर् रहेको जनाउदै मधेसी समुदायमा महिला हिंसा बढी हुने गरेको औल्याउनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथि सहसराम यादव ले मायादेवी गाउपालिका लगाएत सवैमा चेतना र शिक्षा भएमात्र हिंसाको अन्त्य हुने बताए ।

कार्यक्रमको विशेष आर्थिक मायादेवी गाउ“पालिका को अध्यक्ष यस्ता कार्यक्रमहरुलाई सक्दो गाउ“पालिकाबाट सहयोग गर्ने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने भन्ने बाचा गर्नुभएको थियो ।
विशिष्ट अतिथि शुद्धोधन गाउँपालिकाको अध्यक्ष कमलेस शरण चौधरी ज्युले महिला हिंसाविरुद्धको आवाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो । । एस. एन. त्रिपठी, बृजेश कुमार चौधरी , सुगरीम यादव, लगाएतले मन्तव्य व्यक्त गरेका थिए । इमरान खानले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष दिनेश गुप्ताको अध्यक्षता र विशाल सिंह को संचालनमा संम्पन्न भएको थियो ।


प्रकाशित : २०८० मंसिर १३, बुधबार ०९:४३