
लुदस, बनगाई
सामुदायीक वन उपभोक्ता महासंघ कपिलवस्तुको आयोजनामा लैङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अन्र्तरक्रिया संम्पन्न भएको छ ।
हिंसा मुक्त समाज निर्माणको लागि चेतनामुलक (याली प्लेकार्ड सहित
बाणगंगा नगरपालिका वडा नं. ७ बनगाइमा आयोजित कार्यक्रममा (यालीमार्फत महिला हिंसा बिरुद्ध लेखिएका चेतनामुलक प्लेकार्ड बोकेर सहभागीहरुले आवाज उठाएका हुन् । उक्त अन्तकृर्या कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले सामुदायिक वन महिलाहरुस“ग जोडिएको महत्वपूणर् पाटो भएको र वनका कारण महिलामाथि हुने हिंसा तथा असमानतालाई राष्टिय निकुञ्ज ऐनलाई परिवर्तन गरि महिलामैत्री बनाइनुपर्ने कुरालाई जोड दिएका थिए ।
सहभागीहरुले सामुदायिक वनमा हुने हरेक गतिविधिमा महिला पुरुषको समान सहभागिता हुन जरुरी रहेको भन्दै सामुदायिक वनमा हुने आयआर्जनका कृयाकलापमा अपाङ्गता भएका , विपन्न र अन्य वर्गका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । हिंसा विरुद्ध बोल्न सक्ने वातावरण सृजना गर्नका लागि हरेक क्षेत्रमा सचेतनाको कार्यक्रम गर्न सुझाव व्यक्त गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद विष्णु पंन्थीले समाजमा महिला संगै पुरुषहरु पनी हिंसामा पर्ने गरेको बताउदै दाईजोप्रथा, र गरिवीका कारण हिंसा बढेको भन्दै महिलाहरु भने वैदेशिक रोजगारीमा पुगेका पुरुषहरुल्ँँई तनावमा पार्ने विभिन्न हिंसात्मक गतिविधि गर्ने गरेको बताएका थिए ।
सामुदायीक वन उपभोक्ता महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष जयलाल गिरीले हिंसा मुक्त समाज निर्माणमा सामाजिक चेतना वृद्धि गदै लैजानुपर्ने बताएका हुन् ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपालले हरेक वर्ष यसैगरी महिला हिंसाका विषयमा आवज उठाउदै आइरहेको बताए ।
कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य वालिका बुढाथोकी त्यसैगरी प्रदेश अध्यक्ष हुमनाथ भट्राई,सामुदायिक वनका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

