नगेन्द्र केसी शुद्धाेधन रुपन्देही
रुपन्देहीको शुद्धाेधन गाउँपालिकामा गुणस्तरिय शिक्षा, हाम्रो प्रतिवद्धता”काे मुलनाराका साथ तेस्रो शुद्धोधन शैक्षिक महोत्सव राष्ट्रपति रनिङ्ग शिल्ड छनौट एवम् अध्यक्ष खेलकुद विकास कार्यक्रम-२०८० उद्घाटन समारोह कार्यक्रम मंगलबार एक समारोहबीच भएको छ। शुद्धाेधन गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा तेस्रो शुद्धाेधन शैक्षिक महोत्सव रास्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको हो।
शुद्धाेधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालले कार्यक्रमको उदघाटन भएको थियो।सो अवसरमा बोल्दै उहाँले खेलकुद अब वडा स्तरीय हुनुपर्नेमा जोड दिदै शुद्धाेधन गाउँपालिकाले स्वास्थ्य,शिक्षा,खेलकुद र कृषिमा ध्यानाकर्षण गरेको बताउनुभयो।महोत्सवमा गाउँपालिका अन्तरगतका सामुदायिक तथा सस्थागत सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको थियोे ।शैक्षिक महोत्सव पौष ६ गतेसम्म संचालन हुने आयोजकले जानकारी दिनुभयो।महोत्सव अवधिभर विभिन्न किसिमका खेल,हाजिरी जवाफ ,वक्तृत्वकला,भलिबल लगायतका प्रतियोगिताहरु हुनेछन् ।मंगलवार पहिलो दिन मावी छात्र छात्रा तर्फ १००मिटर र १५ ०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ भने आधारभुत तह छात्र छात्रा तर्फ १०० मिटर दौड प्रतियोगिता पनि सम्पन्न भएको छ।कार्यक्रममा शुद्धाेधन गाउँपालिका प्रवक्ता तथा सामाजिक शिक्षा संयोजक केशव अधिकारीले कार्यक्रमको उद्देशमाथी प्रकाश पार्नुभएको थियोे।
कार्यक्रममा शिक्षक महासंघ शुद्धाेधनका अध्यक्ष खिमानन्द भुसाल ,नेपाली काङ्ग्रेस शुद्धाधनका अध्यक्ष दामोदर पौडेल ,शुद्धाेधन वडा नम्बर दुइका अध्यक्ष कमल खड्का क्षेत्री,शुद्धाेधन वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी ,नेकपा एमाले शुद्धाेधनका उपसचिव नमराज आचार्य ,नेकपा माओवादीका अध्यक्ष रुक्मांगद खनाल ,जनता समाजवादीका अध्यक्ष तौलेसश्वर लोध ,जनमुक्तिका मीन बहादुर पल्लीमगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । शुद्धाेधन गाउँपालिका प्रवक्ता केशव अधिकारीको अध्यक्षतामा र शुद्धाेधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा शुद्धाेधन गाउँपालिक उपाध्यक्ष शान्तादेवि ज्ञवालिको विशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा शुद्धाेधन गाउपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शुद्धाेधन शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले गर्नुभएको थियो ।
प्रकाशित : २०८० पुष ४, बुधबार ११:०९