महेन्द्र उच्च मा.वि को विद्यालय व्यवस्थापन समिति गठन, विकासमा नमुना कामको शुरुवात

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जितपुर

बाणगंगाका अधिकांश विद्यालय व्यवस्थापन समिति मा राजनैतिक हस्तक्षेपले प्रभावित भैरहेका बेला महेन्द्र उच्च मा.वि कोपवा पछिल्लो समयमा भने विकासमा एकजुटको भावना सहित नयाँ सन्देश दिन सफल भएको छ ।
महेन्द्र उच्च मा.वि कोपवाको गत १८ गते संम्पन्न भेलाले ४ जना स्थानिय अगुवा बुद्धिजिवि, शिक्षा प्रेमीहरुलाई चयन गरेको थियो । जस अनुसार आज सोहि ४ जना मध्येबाट लामो समय कोपवा को समग्र विकासमा सर्मपित हुदै आएका दधिराम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
आचार्य अध्यक्ष भएपछी नयाँ उत्साह देखिएको हो । उनि त्यहाँको बाहुल्य रहेको थारु समाजमा पनी उत्तिकै लोकप्रिय छन् । उनको नेतृत्व हुने भएपछी अन्य समाजसेवी पनी विधालय व्यवस्थापन समिति सदस्यमा बस्न र शैक्षिक क्षेत्रमा परिवर्तनको लागि काम गर्न प्रतिबद्ध भए । जस अनुसार सोहि विद्यालयमा २० वर्ष बढी अध्यापन गराई अवकास जिवन विताउदै आएका डिल्लीराज अर्याल सदस्यमा छन् । त्यसैगरि थारु समुदायकै नेतृत्व गर्दै समाज सेवामा सकृय उमा चौधरी, गोविन्दि थारु, राम नारायण चौधरी सदस्य रहेका छन् । त्यस्तै सकृय महिला माधवी आचार्य सदस्य रहेकी छन् भने शिक्षक प्रतिनिधिमा स्थानिय शिक्षक विष्णु प्रसाद अधिकारी चयन भएका हुन् ।
यस अगाडी निर्मला थारुको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन् भएको छ । महिला प्राचार्यले नेतृत्व सम्हालेपछी पछिल्लो समय विद्यालयमा परिर्वतन देखा पर्न थालेको अभिभावकहरु बताउछन् ।
यता विकासमा राजनैतिक भन्दापनी सवैलाई मिलाएर समग्र विकासको नमुना बनाउन आफु प्रतिबद्ध रहेको वडा नं ५ का वडाध्यक्ष दुनिका प्रसाद भुषालले बताए । दधिराम जी आफैमा राजनैतिक लिडर मात्र नभएर कोपवा विकासका मेरुदण्ड भएको हुदाँ उहाँलाई राजनैनिक दृष्टिकोणबाट माथि उठेर विद्यालय र यस क्षेत्रको हितका लागि सवैले स्विकारयोग्य व्यक्ति भएको बताए । बाणगंगाका अधिकांश शैक्षिक क्षेत्रमा राजनैतिक हावी हुदाँ शिक्षा क्षेत्र विवादित त बनेकै छन् नै तर समाजको भरोषा योग्य निष्कलंक शैक्षिक व्यक्तित्वहरु निराष बन्दै आएको छन् । जसका कारण अन्य क्षेत्रमा समेत विकृति मौलाउदो छ ।


प्रकाशित : २०८० पुष २१, शनिबार १२:१९