लुदस, जितपुर
नयाँपन र फेसनले दैनिकी महड्डीरहेको बेला भाडामै नयाँ कपडा पाईने भएपछी युवतीहरुको आर्कषण बढेको छ ।
कपिलवस्तुको ४ नं जितपुरमा संचालनमा आएको लक्ष्मी बुटिक एण्ड रेन्टल स्टोरमा नयाँ र फेसेनेवल कपडा रोजाईमा पार्नेहरुको आर्कषण बढेको हो ।

४ नं जितपुर तौलिहवा रोडमा लुम्बिनी दर्पण भएकै घरमा यो पसल खुलेसंगै पारिवारिक जमघट,जन्मदिन , विवाह,तथा विभिन्न समारोहमा दैनिकजसो फेसन परिवर्तन गर्नेहरुलाई सहज भएको संचालक लक्ष्मि थारुको भनाई छ ।
पछिल्लो समय आर्थिक मन्दी संगै नयाँ कपडा किन्दा धेरै खर्च लाग्ने र नयाँपन संगै फेसन रोजाईमा पार्नेहरुलाई लक्षित गरि पसलको शुरुवात गरिएको र अडर अनुसार नयाँ कपडा समेत विक्रि गरिने जनाईएको छ ।
स्टोरमा नयाँ विक्रि तथा रेडिमेट लेहेड्डा साडी, सुट गाउन, लगाएतका कपडाहरु रहने र यो सुविधा कपिलवस्तुमै पहिलो पटक भएको बताईएको छ ।




















