रामु यादव
कपिलवस्तु जिल्लाको मायादेवी गाउँ पालिका वडा न.३,फूलिका वडा कार्यालय द्वारा जेष्ठ नागरिक,दलित जेष्ठ नागरिक,एकल महिला र अति विपन्न परिवार लाई कम्बल वितरण कार्यक्रम सम्पन्न भएको हो।
यस आर्थिक वर्ष २०८०/०८१ मा मायादेवी गाउँ पालिका वडा न.३,को वडा कार्यालय फूलिका बाट जेष्ठ नागरिकहरु लाई कम्बल वितरण कार्यक्रम सम्पन्न भएको हो। बढ्दो जाडोको कारणले वृद्धा,बुढा पाखाहरु लाई जाडो बाट सुरक्षित र न्यानो हुने उद्देश्यले कम्बल वितरण कार्यक्रम भएको,कम्बल वितरण बाट स्थानीय र सेवा ग्राहीहरु हर्षित,उत्साह र खुशी भएको वडा अध्यक्ष श्री शैलेन्द्र कुमार यादवले बताउनु भयो।
कम्बल वितरण कार्यक्रम मायादेवी गाउँ पालिका वडा न.३,को वडा अध्यक्ष श्री शेलेन्द्र कुमार यादव,वडा सदस्य श्री रामवृक्ष यादव र इन्दु थारु,वडाको कर्मचारी,समाजसेवी,जनसमुदाय र जिम्मेवार व्यक्तिहरुको रोहबरमा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।



प्रकाशित : २०८० माघ १८, बिहीबार २१:५४


















