पहिलो पट्क चुनावमा होमिएका पौडेललाई सर्वाधिक मत

[sharethis-inline-buttons]

लुदस, जितपुर
कपिलवस्तु उद्योग वाणिज्य संघको ८ औं अधिवेशन अन्र्तरगत शनिवार भएको निर्वाचनबाट मिश्रीत नतिजा आएको छ । जसमा अध्यक्ष पदमा गणेश बहादुर क्षेत्री विजयी भएका छन् ।
क्षेत्रीले निकटतम प्रतिद्धन्दी मोहन न्यौपानेलाई ६१ मतले पछि पार्दै विजयी भएका हुन् । कुल २०८७ मत खसेको मध्ये क्षेत्रीले ९१२ मत प्राप्त गरेका थिए भने न्यौपानेले ८ सय ५१ मत प्राप्त गरेका थिए । सोतन्त्र प्यानलका लक्ष्मण कडेलले १ सय ७० मत प्राप्त गरेका थिए । त्यसैगरि वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल विजयी भएका हुन् । उनले ८ सय ८१ मत ल्याउदा निकटतम प्रतिद्धन्दी विरेन्द्र खांणले ७ सय २४ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा ४ जनाको उमेद्वारी रहेको थियो ।

जस अन्तरगत रमेशचन्द्र भुषालले १ सय ८० र स्वतन्त्रका देविलाल कंडेल ले १ सय २९ मत ल्याए । उपाध्यक्ष पदमा उद्योगमा ९ सय ५८ मत ल्याएर खुमानन्द घिमिरे विजयी भए भने न्यौपाने प्यानलका वाणिज्य तर्फका उपाध्यक्षमा सर्वाधिक मतका साथ नारायण पौडेल विजयी भए । उनले १२ सय २० मत ल्याउदा उनका निकटतम प्रतिद्धन्दी धन बहादुर अधिकारी (घनश्याम) ले ६ सय ६३ मत प्राप्त गरेका थिए ।
यो झण्डै दोब्बर मत हो । अन्य पदाधिकारी सदस्यहरुले भन्दा उनले सवैभन्दा बढी मतअन्तरले जित हासिल गरेका हुन् । जिवनमै पहिलो पट्क चुनावको अनुभव गरेको उनले बताए । पहिलो अनुभव मै सफलता भएपनी यसले आफुलाई जिम्मेवारी वोध गराएको उनको भनाई छ । त्यसैगरि महासचिवमा क्षेत्री प्यानलकै नवदत्त घिमिरे विजयी भए । कोषाध्यक्षमा न्यौपाने प्यानलका धिरज खनाल ,सचिव मा दामोदर पंन्थी र सह कोषाध्यक्षमा कृष्ण प्रसाद गैरे विजयी भएका हुन् ।


प्रकाशित : २०८० माघ २८, आईतवार १६:०६