युक्रेनको दाबी – रुसको दोस्रो ए–५० जासुसी विमान खसालिदिएको

[sharethis-inline-buttons]

युक्रेनले एक महिनाभन्दा केही बढी समयमै दोस्रो रुसी ए–५० जासुसी विमान खसालिदिएको दाबी गरेको छ।

उक्त सैन्य विमानलाई रुसी सहर रोस्तोभ–अन–दोन र क्रास्नोदा बीचमा प्रहार गरिएको युक्रेनी सैन्य स्रोतहरूले जनाएका छन् । उक्त स्थान अग्रमोर्चाभन्दा झण्डै २०० किलोमिटर पर हो। विभिन्न विवरणहरूका अनुसार आपत्कालीन सेवाहरूले विमानका टुक्राहरू फेला पारेका छन् र त्यसमा लागेको आगो निभाएका छन्। उक्त दाबीबारे रुसले कुनै प्रतिक्रिया जनाएको छैन।

शनिवार रुसले युक्रेनमा पूर्ण आकारको हमला सुरु गरेको दुई वर्ष पुगेको छ। उक्त लामो दूरीको रेडार पत्ता लगाउने विमान शुक्रवार एक प्रमुख रुसी सैन्य बिदाका बेला पारेर खसालिएको थियो।


प्रकाशित : २०८० फाल्गुन १२, शनिबार १३:०६