कपिलवस्तु ज्ञानज्योती शिक्षा सदनको बार्षिक साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ बैदौली स्थित कपिलवस्तु ज्ञानज्योती शिक्षा सदनको बार्षिक साधारण सभा सम्पन्न भएको छ । विद्यार्थीहरुलाई किताबी ज्ञानसंगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रुपमा सहभागी गराउदै उनीहरुको शारिरीक, मानसिक तथा सवेंगात्मक क्षमताको विकासमा उल्लख्नीय उक्त विद्यालयको बार्षिक साधारण सभा सम्पन्न गरिएको हो । साधारण सभामा विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचीव ठाकुर प्रसाद पोख्रेलले प्रगति प्रतिवेदन र सरोज खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सबै प्रतिवेदन बार्षिक साधारण सभाबाट पारित भएका छन् ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलले विद्यालयले सञ्चालन गरिरहेका क्रियाकलाप तथा शैक्षिक उपलब्धिहरुको बारेमा जानकारी दिंदै भावी योजना तथा कार्यक्रमको बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले शैक्षिक गुणस्तर वृद्धि गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

कार्यक्रमका सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्षमण वेल्बासे, सामाजिक तथा शैक्षिक व्यक्तित्वहरु धर्म भुसाल, चेतनाथ पौडेल, झबिलाल पोख्रेल लगायतले विद्यालयलाई सल्लाह सुझाव दिदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, सदस्य दिपक खनालको स्वागत मन्तव्य तथा प्रकाश विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साथै अधिवेशनबाट सर्व सम्मत रुपमा नयाँ बिद्यालय ब्यवस्थास्पन समिति गठन गरिएको छ ।


प्रकाशित : २०८० फाल्गुन २६, शनिबार १७:४२