वडा नं ६ द्धारा ज्ञानोदयमा भाग्य बोक्ने झोला वितरण

[sharethis-inline-buttons]

लुदस, जीतपुर
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मा रहेको ज्ञानोदय आधारभुत विद्यालयका विपन्न वालवालिकालाई आज वडा कार्यालय मार्फत झोला वितरण गरिएको छ ।

बाणगंगा वडा नं ६ ले गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्र्तरगत भाग्य बोक्ने झोला वितरण गरिएको वडा अध्यक्ष करुण टण्डनले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत १ सय ५ जना छात्र, छात्राहरुलाई झोला वितरण गरिएको जनाईएको छ । सो विद्यालयमा अति गरिव परिवार, आदिवासी जनजाती थारु र दलित समुदायको बाहुल्यता छ । सो अवसरमा बोल्दै वडाध्यक्ष टण्डनले यो कार्यक्रमले स -साना वालवालिकाहरु अभिभावकत्वको विकास गर्नको साथै विद्यालय छाड्ने दर घट्ने र सामुदायिक विद्यालय प्रति अग्रसरता ल्याउने बताउनुभयो ।


प्रकाशित : २०८० चैत्र १४, बुधबार १६:११