रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्ंथा सातौ साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]

रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्ंथा,कन्चन ४,रुपन्देहीको सातौ साधारण सभा सम्पन्न भइको छ । साधारण सभामा बोल्ने बक्ताहरुले स्वस्थ र स्वच्छ पिउने पानी उपलब्ध गराउने बिषयमा कोही कसैसगं चुक्न नहुने बताएका छन । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले जनताको स्वस्थ र स्वच्छ पिउने पानीको अधिकार सुनिश्चत गर्न आफु सधै प्रतिबद्ध रहेको भन्दै हरेक उपभोक्तालाइ सहज रुपमा पिउने पानी उपलब्ध गराउन लम्बिनी प्रदेश बाट बजेट ब्याबस्थापन गर्दै आएको र आगामी दिनमा यसलाइ निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेुसका देविराम रेग्मी, नेकपा एमालेका भरतमणी सापकोटा, नेकपा माओवादी केन्द्रका हिरा बहादुर रोका, रास्वपा का प्रेम चन्द्र पोख्रेल,राष्टिय जनमुक्ती पार्टीका भैरव बहादुर थापा, उपभोक्ताहरुको तर्फबाट निबर्तमान लेखा समितीका सदस्य तुलसीप्रसाद अधिकारी, लेखनाथ पौडेल, भुपेन्द्र आर्चायले संस्थामा भएको आर्थिक पारर्दशिता र ब्याबस्थित रुपमा स्वस्थ र स्वच्छ पिउने पानी उपलब्ध गराउनुको कुनै बिकल्प नभएको विषयलाइ प्राथमिकता दिएका थिए ।

यस्तै सघंसंस्थाको तर्फबाट कन्चन महिला उधमि कृर्षी सहकारी संस्थाका अध्यक्ष हेमा बेल्बासे, गजेडी बकुलगाड खानेपानी उपभोक्ता तथा सरसफाइ सस्ंथा,का अध्यक्ष ओक प्रकास शर्मा, रुद्रपुर सामुदायीक बन उपभोक्ता सस्ंथाका अध्यक्ष हिमाल थापाले कुनैपनी सघ ंसंस्थागत बिकास गर्न आर्थिक ,भौतीक तथा ब्याबस्थापकिय रुपमा नैतीक तथा अनुशासन पहिलो शर्त हुने उल्लेख गर्नु भयो ।

यसैगरी संस्थाका अध्यक्ष नाम बहादुर के.सी ले संस्थाको वार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष निर्मला शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष नाम बहादुर के.सी को अध्यक्षता उपाध्यक्ष मदन पौडेलको स्वागत,तथा सचिव रेशम बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो


प्रकाशित : २०८० चैत्र २२, बिहीबार १५:०७