बाणगंगा नगरको दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न

[sharethis-inline-buttons]

लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाईमा अधिकासं नागरिकले बाटो ढल नालाको सास्ति खेप्दै आएको गुनासो गरेका छन् ।

बिहिबार बाणगंगा नगरपालिका वडा न.२ को कलौनीमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयले यस्तो गुनासो गरेका हुन् ।

नागरिक मान बहादु बस्नेत, दिपक भुषाल, कृष्ण परियार सविता पोख्रेल,उषा अर्याल,हेमन्त पौडेल सीता लामीछाने,निरा भट्टाई,इन्द्रिरा पन्त,राम प्रसाद थारु,र नारायण प्रसाद पोख्रेल लगायतले आ आफना गुनासा राख्दै बाटो ढल निर्माणमा गुणस्तरिय नभएको नदि नालामा अनुगमन नभएको कृषिले भनेको बेलामा बिउ मल नपाएको,विद्युतका तारले सडक सम्म छुदा बास्ता नगरेको दुधको उचित मूल्य नपाएको शैक्षिक क्षेत्रलाई प्रविधि क्षेत्रमा कसरी लैजाने, छाडा पशु व्यव्स्थापन नभएको खानेपानी फोहोर व्यबस्थापन, नदिजन्य पदार्थ को भरपर्दो अनुगमन नभएको सरकारी अस्पताको सेवामा सेवागा्रहिले राम्रो सेवा लिन नपाएको भौगोलिक र जनसख्याका आधारमा बजेट बिनियोजन गनुपर्ने ,करको दर घटाउनुपर्ने लगाएका बिषयमा पनि सवाल उठाएका थिए ।


सेवाग्राहीको उत्तर दिँदै नगरप्रमुख चक्रपाणी अर्यालले सबैका सवालहरुमै केन्द्रित रहदै काम गरिएको र बिशेष योजना र कार्यक्रमका प्याकेजका साथमा अघि बढिरहेको बताउनुभएको छ । नदी कटान भएका गुनासोमा अनुगमन गरेका बताउदै नगर प्रमुख अर्यालले नगरमा सिमीत स्रोत साधनमा धेरै काम गर्नु पर्ने भएकाले सबैका माग पुरा गर्ने नसको बताउदै आगमी दिनमा सबै कुरालाई नगरले समेट्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनिले वाणगंगा नगरपालिकाको दोस्रो चौमासिक प्रगति समीक्षा बारेमा बताउदै नगरपालिका अन्र्तगत नगरमा भौतिक प्रगति ६० प्रतिशत र वित्तिय प्रगती ४५ प्रतिशत भएको भएको बताउनु भयो ।

साथै नागरिकका गुनासो लाई ध्यान दिने बताउनु भयो ।


नगर प्रवक्ता तथा वडा नम्बर २का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेल,स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र कुषि शाखा प्रमुख लेष बहादुर क्षेत्री लगायतले बोल्दै आ आफनो क्षेत्रमा गुनासो लाई सम्बोधन गदै स्वास्थ्य, कृषि शिक्षाका विषयमा सुधार गर्ने बताउनु भयो । साथै कतिपय विषयहरु आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा उपप्रमुख रिताकुमारी थारु कार्यपालिका सदस्य ,वडा अध्यक्ष,बिभिन्न सामाजी व्यक्ति,सुरक्षाकर्मी पत्रकारको लगायतको सहभागिता रहेको कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तुको प्राविधिक सहयोग र नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख चक्रपाणि अर्यालको अध्यक्षता पत्रकार महासंघ जिल्ला शाखा कोषाध्यक्ष मोहन बेल्बासेकोे सन्चालन रहेको कार्यक्रममा
पत्रकार दिपक अनुरागीले नागरिक प्रतिवेदन र बर्हिगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित : २०८० चैत्र २९, बिहीबार १८:३९