झण्डा मा.वि मा नयाँ समितिको नयाँ जोस , अन्तक्रिर्या मार्फत नयाँ अभियान

[sharethis-inline-buttons]

लुदस, जीतपुर

भर्खरै निर्वाचित भएको श्री माध्यमिक विद्यालय झण्डाको विद्यायल व्यवस्थापन समितिले नयाँ कार्यको थालनी शुरु गरेको छ । केहिदिन अघिमात्र शसि सापकोटाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको थियो ।

समितिले शुक्रवार एक अन्र्तक्रियाको आयोजना गरि नयाँ शैक्षिक सत्रमा विद्यालयसंग विद्यार्थी जोड्ने नयाँ अभ्यासको सुरुवात गर्ने जनाएको छ ।
व्यवस्थापन समिति अध्यक्ष सापकोटाको अध्यक्षतामा संम्पन्न अन्र्तक्रिया कार्यक्रमबाट विद्यालय आसपासका टोल विकास समितिका अध्यक्ष सचिवहरु लगाएत रहनेगरि मुल टोल शिक्षा समिति गठन गरेको हो ।

जसको संयोजकमा हरि प्रसाद पोख्रेल , काशिराम खनाल, दुर्गा जि.सी, विजय थारु, जीवन पाण्डे शिक्षक प्रतिनिधिमा नारायण प्रसाद पौडेल चयन हुनुभएको हो ।
समितिले गाउँ गाउँबाट सवै विद्यार्थीहरुलाई अनिवार्य भर्ना अभियानमा जोड्ने र विद्यालयको शैक्षिक अवस्था सुधारका विषयमा मेरुदण्ड सावित हुने अध्यक्ष सापकोटाको भनाई छ ।
सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोणबाट अव झण्डा मा.वि ले फड्को मार्ने र गुणस्तरिय शिक्षामा जोड दिन हर सम्मत लागि पर्ने उहाँको भनाई थियो । कार्यक्रममा प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष दुनिका भुषालले विद्यालयलाई आवश्यक सहयोगमा आफु लागि परेको र भौतिक सुधार अगाडी बढेको बताउनुभएको थियो ।


प्रकाशित : २०८१ बैशाख १, शनिबार १६:१५