रामु यादव, लवनी
BMZ /WHH को आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा Forward Nepal को संयुक्त साझेदारीमा सञ्चालित “अधिकारमुखी सुधारिएको खाद्य प्रणाली” परियोजना (NPL-1083-22)को आयोजना र शुद्धोधन गाउँ पालिका वडा न.१,को समन्वयमा वडा स्तरीय योजना तर्जुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बस्ती तह बाट आएको योजनाहरु आर्थिक विकास,सामाजिक विकास,पूर्वाधार विकास,वन तथा वातावरण विपद व्यवस्थापन र सुशासन जस्तो ५ वटै विषय क्षेत्र भित्र समावेश गरि योजना तर्जुमा गरिएको हो।
यस कार्यक्रममा यस वडामा कृषि,स्वास्थ्य र खानेपानी लाई मुख्य प्राथमिकता दिई यस परियोजना लाई सञ्चालनको निम्ति पोसिलो खाना,उन्नत जात को बिउँ वितरण र खानेपानी परिक्षण सम्बन्धि योजनाहरु छुट्याईएको थियो।
कार्यक्रम शुद्धोधन गाउँ पालिका वडा न.१,को कार्यवाहक वडा अध्यक्ष श्री नथई अहिरको अध्यक्षता,वडा सदस्य मिना फकिर,मो.रफिक मु.,प्राविधिक शाखा श्री राम किशोर थारु र कार्यालय सहायक सरिता नेपाल , लगायत को अतिथ्यता,फरवर्ड नेपाल WHH कार्यक्रमको सामुदायिक सहजकर्ता ब्रिन्दा लिंखा,कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा Forward Nepal को संयुक्त साझेदारीमा सञ्चालित “अधिकारमुखी सुधारिएको खाद्य प्रणाली” परियोजना (NPL-1083-22)को नागरिक समाज परिचालन तथा पैरवी अधिकृत अशोक लम्साल ज्यूको सञ्चालन,सोसल चेन्ज एजेन्ट शेषमती मल्लाह,युवा क्लब,कृषक,कृषक समूह र CBU हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।