नेपाल लाइफ इन्स्योरेन्स तौलिहवा उपशाखाद्वारा कपिलवस्तु बालगृहलाई शैक्षिक सामग्री वितरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

कपिलवस्तु, तौलिहवा – नेपाल लाइफ इन्स्योरेन्स तौलिहवा उपशाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तौलिहवा स्थित कपिलवस्तु बालगृहमा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

सो कार्यक्रम अन्तर्गत ३३ जना बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको हो। यस पहलले बालबालिकाको शिक्षा र विकासमा थप प्रोत्साहन दिने विश्वास गरिएको छ।

कार्यक्रममा कपिलवस्तु बालगृहका प्रमुख राम प्रसाद अर्याल, नेपाल लाइफ इन्स्योरेन्स तौलिहवा उपशाखाका प्रमुख खिम प्रसाद पोख्रेल, सहायक अमित कुमार झा लगायतको विशेष उपस्थिति रहेको थियो।

यस कार्यक्रममा सहभागी सबैको सहयोग र योगदानले बालगृहका बालबालिकाहरूको शैक्षिक स्थिति सुधारमा महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।


प्रकाशित : २०८१ श्रावण १६, बुधबार १०:४४