
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लामै बिबिए कार्यक्रम सञ्चालन गर्न सफल एक मात्र कलेज लुम्बिनी भिजन कलेजले हालै प्रकाशन भएको कक्षा १२ को नतिजामा जिल्लामै धेरै प्रतिशत विद्यार्थी उतीर्ण भएकाे दावि गरेको छ । कपिलवस्तुको बाणगंगा ३ गंगौलियमा अवस्थित लुम्बिनी भिजन कलेजमा अध्ययनरत ९० प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको बताएको छ । उक्त कलेजका छात्रा सन्दिप आचार्यले ३.६१ जिपिए सहित ९० प्रतिशत विद्यार्थीहरु उतीर्ण भएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
यस अघि पनि विभिन्न नतिजामा लुम्बिनी भिजन कलेज जिल्ला मात्र नभएर लुम्बिनी प्रदेशकै उत्कृष्ट हुंदै आएको छ ।
क्याम्पसका अध्यक्ष सरोज खनाल र क्याम्पस प्रमुख सुन्दर पाण्डेले उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई बधाई ज्ञापन गर्दै उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्नुहुने शिक्षक कर्मचारीहरुलाई धन्यावद ज्ञापन गर्नुभएको छ । साथै शैक्षिक गुणस्तरका लागि क्याम्पस सञ्चालक समिति लागिपरेको बताउनुभयो ।