लवनीमा पि.आर.सि ग्रुप , शैक्षिक र सांस्कृतिक परिवर्तनकाे नयाँ कदम : अध्यक्ष चाैधरी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तु काे लवनीमा पि.अार.सि ग्रुप काे उद्धाटन संम्पन्न भएकाे छ । अन्तर्राष्ट्रिय युवा दिवस-२०८१ को अवसरमा पि.आर.सि ग्रुप अफ मल्टिपर्पोज कम्पनी प्रा.लि. को एक कार्यक्रम का विच उद्घाटन संम्पन्न भएकाे हाे । लुम्बिनी प्रदेश सभा सदस्य माननीय मधुसूदन शरण चौधरीको प्रमुख अतिथ्यतामा यो उद्घाटन सम्पन्न भएको हो

कार्यक्रममा पि.आर.सि ग्रुपका संस्थापक पृथ्वी राज चौधरीले ग्रुपको प्रमुख उद्देश्य मिडिया-अनलाइन र टेलिभिजन सञ्चालन, शिक्षा र कोचिङ कक्षा सञ्चालन, शारीरिक व्यायाम र कला तथा संस्कृति प्रवर्द्धन सम्बन्धि तालिम सञ्चालन गर्ने बताए।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माननीय चौधरीले पि.आर.सि ग्रुपलाई सकारात्मक सामाजिक परिवर्तनको लागि तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता जनाए।

विशिष्ट अतिथिहरूमा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले पि.अार .सि गृपले शैक्षिक र सांस्कृतिक परिवर्तनकाे नयाँ कदम चाल्ने अपेक्षा रहेकाे बताए । सन लाइट इङलिस बोर्डिङका संस्थापक एस.एन. त्रिपाठी, श्भरेस्ट इङलिस बोर्डिङका संस्थापक दिप चौधरी, लबनी प्रहरी चौकी इन्चार्ज बाल कृष्ण थापा, संवाद फाउन्डेसन कपिलवस्तुका संयोजक कृष्ण अग्रहरी, थिन्किङ रिच नेपालका संस्थापक दिनेश गुप्ता, युवा समाजसेवी बिजय जयसवाल, सुग्रीम यादव, मनिस चौधरी लगायतका स्थानीय पत्रकार र पि.आर.सि ग्रुपका शुभ चिन्तकहरू सहभागी थिए।

कार्यक्रमले आगामी दिनमा पि.आर.सि ग्रुपले उत्कृष्ट कार्य गर्दै समाजमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित : २०८१ श्रावण ३०, बुधबार ०७:३९