विद्यार्थीको जीवनसँग खेलवाड: सिसाविहीन बसले सुरक्षा संकट

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, लवनी पचेहरा स्थित पैराडाइज बोर्डिङ्ग स्कूलको भाडामा लिइएको सिसाविहीन बसले विद्यार्थीहरूको जीवनलाई जोखिममा राखेको छ। महिनौंदेखि स्थानीय चाकरचौडा सडकमा चलिरहेको यो बसले विद्यार्थीहरूको सुरक्षा सन्दर्भमा गम्भीर प्रश्न उठाएको छ।

स्थानीय स्रोतका अनुसार, यो बस दैनिक रूपमा विद्यार्थीहरूको ओसारपसारमा प्रयोग भइरहेको छ। एक चिन्तित अभिभावकले भने, “हामी हाम्रा बच्चाहरूलाई सुरक्षित वातावरणमा शिक्षा दिन पठाउँछौं, तर यो बस उनीहरूको जीवनलाई संकटमा पारिरहेको छ।“

यसरी सुरक्षा उल्लंघन हुदा स्थानीय अधिकारीहरूको ध्यान आकर्षित हुन सकेकाे छैन् । ट्राफिक प्रहरी र अन्य निकायहरूको मौनता थप चिन्ताजनक बनेको छ। स्थानीय संजय पासीले भने, “सिसाविहीन बसमा यात्रा गर्दा विद्यार्थीहरू मौसमका प्रतिकूलता, सडक दुर्घटनाहरू र अन्य खतराहरूको सिधा सम्पर्कमा आउँछन्। यसले गम्भीर दुर्घटना निम्त्याउन सक्छ।“


प्रकाशित : २०८१ श्रावण ३०, बुधबार ०९:०९