हिमालयन लघुवित्त लक्ष्मीपुर शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

फम नारायण काफ्ले, कपिलवस्तु

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लक्ष्मीपुरले घोराही उपमहानगर पालिका वार्ड नं १७ क्वाडिमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

५८ जना स्थानीय उपस्थित भई सञ्चालन भएको कार्यक्रमको समुदघाटन संस्था का क्लस्टर प्रमुख श्री कृष्ण बहादुर अधिकारीले गर्नु भएको थियो ।

संस्थाको सञ्चालन प्रणाली परिचय तथा सेवा बारेमा संस्थाका साखा प्रमुख, कर्मचारी रोशन बोहोराले जानकारी गराउनु भएको थियो ।

संस्थाका क्लस्टर प्रमुख अधिकारीले समग्र, अर्थतन्त्र, बैंकिङ प्रणाली, बैंक सञ्चालन प्रक्रिया, कर्जा को सही उपयोगिता, लगानी गर्ने तरिका, मुद्राको महत्त्व तथा परिचालन, बचत गर्ने तरिका, बचतको महत्व, नयाँ पुस्तालाई वित्तीय ज्ञान, शेयर मार्केट, डिजिटल बैंकिङ, बैंकिङ प्रणाली लाई असर पार्ने गलत प्रचारबाजी तथा विकृति लगायत को बारेमा विस्तृत रूपमा बताएका थिए ।

उक्त कार्यक्रम सञ्चालन साखा प्रमुख हिमाल पाण्डेले गर्नुभएको थियो ।


प्रकाशित : २०८१ भाद्र २८, शुक्रबार ०८:१५