लुदस, रामु यादव
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ ।
यादवको भारतको दिल्ली एपोलो हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
यादव करिव ६ महिना अघिदेखि ब्रेन ट्युमर रोगबाट ग्रसिध हुनुहुन्थ्यो ।
बुटवल चौराहा हस्पीटल , मणिग्राम र काठमाण्डौमा उपचारपछी पछिल्लो समय भारतको दिल्लीमा रहेको एपोलो हस्पिटलमा उपचार भैरहेको थियो । यादवको निधनप्रति शोक श्रद्धान्जली व्यक्त गर्दै शुद्धोधन गाउँपालिकाले भोली पालिका अन्र्तरगतका अत्यावश्यक वाहेका सवै काम बन्द गर्ने गरि शोक विदा गर्ने जनाएको छ । यता यादवको निधन प्रति लुम्बिनी दर्पण परिवारले समेत दु ः ख व्यक्त गरेको छ । लुम्बिनी दर्पणले वडाध्यक्ष यादवप्रति श्रद्धान्जली समेत व्यक्त गर्दै शोक सन्तब्ध परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
लामो समय कर्मचारी राष्ट्रसेवाबाट अवकाश प्राप्त गरि दोस्रो कार्यकाल वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उहाँ एक असल ईमान्दार विकासप्रमी , शिक्षाप्रेमी नेता गुमाउनु परेको स्थानियहरुले बताएका छन् ।




















