
लुदस, सुठौली
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ सुठौलीमा स्केटीङ्ग पार्क संचालनमा आएको छ ।
पछिल्लो समय बालबालिकामा मोबाईलको लत बढ्दै गएकोले उनीहरुलाई खेल तर्फ आकर्षित गर्नका लागि ग्रामिण भेगमा स्केटीङ्ग पार्क संचालनमा ल्याईएको संचालक बसन्त पाण्डेले बताउनुभयो । २० लाखबढीको लागतमा पार्क संचालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
पाण्डे परिवारकी माता मिरादेवी पाण्डेले पार्कको विधिवत उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वडाध्यक्ष करुण टण्डन, समाजसेवी विक्रमसिंह थापा, अनिल पाण्डे लगाएतले बोल्दै
पछिल्लो समय स्केटिङ पार्क संचालनमा आएपछि यस खेलमा रुची राख्नेहरुले सिक्ने र खेलमा सहभागिता जनाउने बढ्दै गएको बताउनुभयोे । उहाँहरुले वालवालिकाको मनोरन्जनका साथै शारिरिक विकासमा पनी खेलले महत्वपुणर् भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रम पार्कका संचालक बसन्त पाण्डेको अध्यक्षता स्थानीय समाजसेवी प्रकाश भुषालको संचालनमा संम्पन्न भएको थियो ।
खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भावित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामाग्री प्रयोगको ब्यबस्था गरिएको जनाईएको छ ।