मानसिक स्वास्थ्य सम्बन्धी शिविर चप्परगाउँ स्वास्थ्य केन्द्रमा हुदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जीतपुर
पछिल्लो समय सुचना प्रविधिको युग बढ्दै जादाँ मानिसको मानसिक र सामाजिक समस्याहरु बढ्दै गएका छन् । तनाव आधुनिक जिवनशैलि, पारिवारिक समस्या आर्थिक चिन्ता सामाजिक दवाव जस्ता कारणहरु ले मानसिक समस्याहरु बढेको तथ्याङ्खमा उल्लेख छ । मानसिक समस्याहरू रहेका व्यक्तिहरूलाई चिकित्सकसँग परामर्श लिँदै उनीहरूको दैनिकीमा सुधार ल्याउने उदेश्यले कपिलवस्तुको बाणगंगा ८ चप्परगाउँमा रहेको मोतिपुर स्वास्थ्य चौकीमा आगामी मंशिर १८ गते मंगलवार १ दिने नि शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । मानसिक स्वास्थ्यमा सुधार ल्याउँदा जीवनको गुणस्तर बढ्नुको साथै सामाजिक र पारिवारिक सम्बन्धहरू पनि मजबुत बनाउने हुन्छ ।
मानसिक स्वास्थ्यको समस्याहरूलाई समयमै पहिचान गरेर उपचार गराउनु अत्यन्त जरुरी छ ।
यो शिविर एउटा सुनौलो अवसर भएको र शिविरमा सहभागी भइ आफ्नो मानसिक स्वास्थ्यमा सुधार ल्याउनका साथै सामाजिक रुपमा भएका समस्याहरुलाई समेत उजागरण गरेर जीवनलाई नयाँ दिशा तर्फ लैजान सकिने सहजकर्ता अस्मिता आचार्यले बताईन् ।
शिविर स्टोम फाउन्डेसन, बाणगंगा नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा हुन थालेको हो ।

 

 


प्रकाशित : २०८१ मंसिर १४, शुक्रबार १७:४१