लुदस, कोपवा
कपिलवस्तुको बाणगंगा ६ लक्ष्मणघाट खेल मैदानमा जारी वडास्तरिय क्रिकेट प्रतियोगितामा जलजला टोल विकास संस्था र लक्ष्मणघाट आज फाईनल भिड्दै छन् ।
दिउसो ११ बजेबाट शुरु हुने प्रतियोगितामा यसअगाडी लक्ष्मणघाट टोल विकास संस्थाले भग्लापुरलाई र जलजला टोल विकास संस्था ले मनहरापुरलाई ८ विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।
आज हुने खेल निकै प्रतिस्पर्दात्मक हुने जनाईएको छ ।