प्याब्सन कपिलवस्तुको सचिवमा लोकप्रिय मतका साथ राजु अधिकारी निर्वाचित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नीजि तथा आवशिय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) कपिलवस्तुको सचिवमा पदमा सर्वाधिक मत प्राप्त गरि राजु अधिकारी निर्वाचित हुनुभएको छ । प्याब्सन कपिलवस्तुको सम्पन्न १२ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सचिव पदमा सर्वाधिक लोकप्रिय मत सहित राजु अधिकारी निर्वाचित हुनुभएको छ ।

सचिव अधिकारीले ५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी तिलक चन्द्र ठकुरीले २१ मत प्राप्त गर्नुभएको छ । अधिकारी युनाईटेड स्टुडेण्ट एकेडेमीका सञ्चालक हुनुहुन्छ । सचिव पदमा निर्वाचित भएसंगै अधिकारीले सम्पुर्ण मतदातालाई आभार व्यक्त गर्दै संस्थालाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्षमा धिरेन्द्र बिक्रम सिंह निर्वाचित हुनुभएको छ । सिंह ४५ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी बासुदेव घिमिरेले ३२ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा तोयानाथ गैरे ४० मत सहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नवीन शर्माले ३६ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्ष पदमा नन्दराम सापकोटा ४४ मत सहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ३३ मत प्राप्त गर्नुभएको छ ।

सह–सचिव पदमा विजय कुमार गुप्ता र कोषाध्यक्षमा दिपक प्रसाद भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ भने युवराज सापकोटालाई पराजित गर्दै बुद्धिराम पौडेल निर्वाचित हुनुभएको छ । निर्वाचित पौडेलले ४१ मत प्राप्त गर्नुभएको छ भने सापकोटाले ३४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सदस्यहरुमा बिनोद खनाल, डम्मर बहादुर सोमै, भोजराज पोख्रेल, विन्दु मरासिनी, विजय अधिकारी, बिष्णुमाया अर्याल, कमरे आजम, अरसद अहमद खाँ, प्रकाश विक, रफतुल्लाह मुसलमान र अनिता रिजाल निर्विरोध निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सरोज खनालले जानकारी दिनुभएको छ ।


प्रकाशित : २०८१ पुष १६, मंगलवार ०७:३०