
रामु यादव
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शैलेन्द्र यादवले विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरेका छन्। एक विशेष कार्यक्रमका बीच उनले वडा भित्रका विद्यालय तथा मदरसामा अध्ययनरत करिब १५०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको जानकारी दिएका छन्।

वडाध्यक्ष यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ को बजेटबाट वडा भित्रका १ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई न्यानो पोशाक उपलब्ध गराइएको हो। यस वितरण कार्यक्रमले चिसो मौसममा विद्यार्थीहरूलाई विद्यालय जान सहज बनाउने अपेक्षा गरिएको छ।



प्रकाशित : २०८१ माघ १६, बुधबार २०:२८