कपिलवस्तुको बुद्धभुमीमा रोजगारी खटीनु पुर्व अभिमुखीकरण सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तुको जिल्लाको बुद्धभुमीमा नगरपालिकामा रोजगारी खटीनु पुर्व अभिमुखीकरण सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका मजदुरहरुलाई रोजगारीमा खटिनुपुर्व नगर सभाको हलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

सो अवसरमा मजदुरलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य र यसको महत्त्वबारे नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिएका थिए ।

 

यस कार्यक्रमको उद्देश्य बेरोजगारी निवारण र गाउँ–गाउँमा स्थानीय विकासका अवसरहरु, मजदुरलाई उनीहरूको कार्य क्षेत्र, कामका जिम्मेवारी र अपेक्षाहरूको बारेमा जानकारी दिदै कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न, आवश्यक सुरक्षा उपायहरूबारेमा नगर प्रमुख श्रेष्ठले आफनो धारणा राखेका थिए ।

मजदुरहरुलाई व्यक्तिगत सुरक्षा उपकरण प्रयोग, सुरक्षा निर्देशिका र जोखिम मुल्यांकन, मजदुरलाई भुक्तानीका बारेमा (वेतन दर, भुक्तानी अवधि, छुट्टिहरू आदि), कामको समयपालनको महत्त्व र कर्तव्यको पालन गर्ने सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा चर्चा भएको थियो ।

कार्यस्थलमा यदि कुनै समस्या उत्पन्न भएमा, त्यसलाई समाधान गर्ने प्रक्रिया र श्रमिकले आफ्नो समस्या वा सुझाव उजागर गर्न सक्ने तरिकाहरू बारेमा जानकारी गराइको नगरपालिकाका रोजगार संयोजक रविन चौधरीले जानकारी दिए ।

साथै रोजगारीको सिलसिलामा मृत्यु तथा घाइते हुदा पाउने क्षतीपुर्तीका बारेमा पनि जानकारी गराइएको थियो । सो अवसरमा नगर उप प्रमुख मिरा थारु, वडाअध्यक्षहरु तथा कर्मचरीको समेत सहभागिता रहेको थियो ।


प्रकाशित : २०८१ माघ २७, आईतवार २१:११