
पवनराज पाण्डे,
कुनै समय बाणगंगा नदीमा पानी कलकल बग्थ्यो । परैसम्म नदी बगेको आवाज सुनिन्थ्यिो । माछा र जलचर जीवको बासस्थान राम्रो थियो । नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयले माछा मारेरै जीविका चलाउँथे तर अचेल बाणगंगा नदिमा पानी वगेको नभई टे्क्टर चलेको र वालुवा उठाउनेका आवाज मात्रै सुनिन्छ ।
नदिजन्य तस्करहरुले नदीकै ढुंगागिट्टीमा आँखा गाडेपछि जथाभावी उत्खनन् चोरी निकासी बढेको छ । दर्जनौं ट्याक्टरहरु रातमा मात्र होईन् दिनमै पनी चोरी तस्करी गर्न तल्लिन छन् । नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । खाँसगरि प्रगति ४ मौजा सिंचाई आयोजना आसपासमै १२ मासे चोरी तस्करी नियन्त्रण हुन् नसक्दा चिन्तित छन् किसान । ८ सय हेक्टर खेतियोग्य जमिन सिंचाई गर्ने उदेश्यले बाणगंगा नदिमा निर्माण गरिएको बाँधवरपर नै तस्करले ठुल – ठुला खाड्ल बनाई खुलेयाम नदिजन्य पदार्थ तस्करी गरिरहेका छन् ।
बाणगंगा ५ र ६ को अधिकांश भाग सिंचित हुने उदेश्यले करिव २०७३ साल देखि निर्मित पुर्व पश्चिम राजमार्गको बाणगंगा पुलदेखि करिव १ किलोमिटर तल बाणगंगा नदीमा बाँध क्षेत्र पर्दछ । त्यस अगाडी २० वर्ष अधि खुटेनी , सिंसेनी क्षेत्रबाट अस्थाई स्याउले बाँध बानेर किसानहरुले सिंचाई गर्दै आएका थिए । तर नदिजन्य पदार्थको अप्राकृतिक दोहनले नदीको बहाव होचिदै जाँदा वर्षैनी किसानहरुले बाध सार्नुपर्ने बाध्यता रहेको थियो । प्रदेश स्थापनापछी रकम जोहो गरि सो क्षेत्रमा पक्की बाध निर्माण गरेपछी पानीको सहज पहुँच हुने र सिंचाई प्रणालीले खेती उत्पादन बढाउनेमा किसानहरु ढुक्क थिए । तर पछिल्लो समय आयोजना नै ध्वस्त पार्नेगरि तस्करीले सो क्षेत्रमा तस्करीको अखडा बनाएपछी भने किसान चिन्तित बनेका हुन् । बाणगंगा ६ का पुर्व वडा सदस्य वेचु थारुले भने “२० वर्षदेखि स्याउलाले बाँध बान्दै कुलो बनाउदै सिंचाई गरि खेति गर्दै आएका हामी बाध त पक्कि बन्यो उहिले बाढीको डर थियो अहिले खोला चोरले बाँधका जाली नै बगाउने गरि खाल्डा पार्दा बाध जोखिममा पर्ने र नदिको पनी गहिरिएर १ किलोमिटर तल झरेको चिन्ता व्यक्त गरे ।
अप्राकृतिकरुपमा भइरहेको उत्खनन्ले जस्तोसुकै जोखिम समेत नित्याउन सक्ने विज्ञहरुको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन्मा तस्कर बलिया देखिएका छन् । जनप्रतिनिधि निरीह जस्तै बनेका छन् । जथाभावी भइरहेको चोरी तस्करी टुलुटुलु हेरेर बस्नु बाहेक अरु विकल्प छैन ।
कहिले राजश्व उठाउने नाममा नदीमा सिंचाई आयोजनादेखि ५ सय मिटर तल अप्राकृतिक उत्खनन्ले नदीको सतह गहिरिन पुगेको छ । राजश्व उठाउने नाममा प्राकृतिक स्रोत साधनको दोहन गर्न स्थानीय सरकारले नै अनुमति दिने गरेका छन् ।
‘पहिला पानी इन्टेकमा सहजै चढ्थ्यो । नदीमा प्रशस्त पानी हुन्थ्यो । अचेल नदीमा धुलो उड्छ’– स्थानीय किसान रामकृष्ण चौधरीले भने– ‘चोरी र उत्खनन् गर्दा नदीको पानी पनि भाग्न थाल्यो ।’ हरेक वर्ष सिंचाईको लागि पानीको दुःख बढ्दै गएको छ । नदीको सतह गहिरियो, बाँधमा जोखिम बढ्यो’– स्थानीय मुलचन्द्र थारुले भने– ‘सिंचाई र तटबन्धमा प्रत्यक्ष असर परेको छ तर स्थानीय सरकार बिचौलियाको प्रभावमा पर्दा दोहन बढ्यो ।’
खोलाको पानी नपुग्दा किसानले आफ्नो जमिनमा सिंचाई गर्न वैकल्पिक पानीमा भर पर्नु पर्ने बाध्यता छ । बाढीको समयमा नहरहरूमा पानी जम्मा गर्ने उपाय छैन । नदीको सतह गरिदै जाँदा पानी अपुग हुने समस्या बढ्न थालेको छ । ‘पानीकै दुःख हो ।
नदिजन्य तस्करी रोक्न न त स्थानीय सरकार न प्रसाशन सवै तैचुप मैचुप जस्तै भएको कुलापानी समिति अध्यक्ष ससि सापकोटाले चिन्ता व्यक्त गर्दै भने “ हामीले पट्क पट्क प्रशासन, पालिका, सि.डि.यो कार्यालय लगाएतमा ज्ञापन पत्र समेत दिएको तर अन्तत कसैको चासो नपुगेको बताए । उनले एक वर्ष अगाडीका दिन सम्झदै भने किसानलाई नै लामो समय ड्यूटिमा राखेको सो समयमा तस्करले रातमा चोरी भएकै अवस्थामा ट्ेक्टर पक्राउ गरि प्रहरीलाई पनी बुझाएको तर प्रहरी ले उल्टै तस्करलाई मेरो नाम भनेर रातको समयमा ज्यान मार्ने धक्की सहित तस्कर घर नै आएको सुनाए । हाल पनी अवस्था उस्तै रहेको कतिपय तस्करले त्यसलाई नै अखडा बनाएर बाँध जोखिमा पारेको उनको भनाई छ ।
सो बाँध निर्माण र सिंचाई नहर निर्माणमा हालसम्म करिव १३ करोड बाँध र नहर निर्माणमा खर्च भैसकेको समितिका कोषाध्यक्ष खड्ग बहादुर थापा बताउछन् ।
बाणगंगाको माथिल्लो भाग मधुबन नाका र तल्लो भाग धनेषपुर, सिसहनिया र बालापुर क्षेत्रबाट रातभरी बालुवा तस्करी हुने गरेको स्थानीयबासीहरु बताउछन् ।
सरोकारवालको यस्तो छ जवाफ
समग्र बाणगंगा नदी तस्करी रोक्ने विषयमा भने सरोकारवाला विच नै एकमत छ्रैनन् । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी यो राजश्व बाणफाड प्रदेशले समेत लैजाने हुदाँ यसको अनुगमनमा सवैले चासो लिनुपर्नै बताउछन् । उनले तस्करी नियन्त्रण गर्न आफुहरु लागेको र अछिल्लो समय चोरी तस्करी कार्बाहीबाट ७ लाख बढी राजश्व उठेको र नियन्त्रणमा समेत आएको बताए । तर त्यसको आधा घण्टा नहुदै नदिमा पुग्दा नदिजन्य पदार्थ चोरी भैरहेको ट्ेक्टर खोलामै भेटिए ।
ईलाका प्रहरी कार्यालय पिपरा र शसस्त्र प्रहरी समेत यस्तै जवाफमा छन् । प्रहरीहरु आफुहरुको क्षेत्रकाधिकार धेरै भएको र दुर्घटनाले बढी व्यस्तता दिनमा मुद्धा अपराधिहरु लगाएतमा प्रहरीहरुको व्यस्तता हुने बताउछन् । यधपी नदिजन्य पदार्थ चोरीका केही ट्ेक्टर पक्राउ गरि पालिका पठाएको प्रहरीको भनाई छ । उनिहरु यसमा पालिका नै जिम्मेवार हुनुपर्ने बताउछन् ।
बुधवार नगरपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाईमा पनी यो विषय जोडतोडले उठेको थियो ।
प्रश्न राख्दै स्थानीयहरुले नगरपालिकाको कार्यशैलीमा समेत प्रश्न चिन्ह खडा गरेका थिए ।

