राष्ट्रिय जनसाँस्कृतिक महासंघको कपिलवस्तु अधिवेशन भोली हुँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,जितपुर ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ,कपिलवस्तुको दशौं जिल्ला अधिवेशन भोली गोरुसिंगेमा हुने भएको छ ।

नेकपा एमालेको जनबर्गिय संगठन महासंघले गीत संगीतको माध्यमबाट पार्टीका निति,बिचार र कार्यक्रमहरुलाई जनता माझ पुर्‍याउने काम गरिरहको छ । अधिवेशनलाई भव्य र सभ्य रुपम सम्पन्न गर्न अध्यक्ष महेश घिमिरेको संयोजकत्वमा २१ सदस्यिय आयोजक समिति गठन गरिएको सचिव शिव खनालले बताए ।

कार्यक्रममा जनबादी कलाकर्मी,साहित्यकार, प्रगतिशील लेखक,रंगकर्मी लगायतका कलाकारहरुलाई उपस्थित हुन आयोजक संस्थाले अनुरोध गरेको छ । सो कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारी,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल,नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा महासंघ इन्चार्ज धर्मराज भुसाल नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा महासंघका केन्द्रिय सचिवालय सदस्य थानेश्वर अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा महासंघ इन्चार्ज पुर्णचन्द्र परियार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तिलक लामिछाने लगायतको उपस्थित रहने आयोजकले बताएको छ । अधिवेशनले नयाँ नेतृत्व गठन गर्नेछ ।


प्रकाशित : २०८१ चैत्र १, शुक्रबार १४:१७