
लुदस, जीतपुर
नव प्रभात सामुदायिक वन को घाटगद्धिमा रहेको काठ नितिगत हिसावले ग्रेडिङ्ग नमिलेको भन्दै कपिलवस्तु वन पैदावार उधोग संघले उक्त काठ लिलाममा समावेश नहुने निर्णय गरेको छ ।
संघको कार्यालयमा आज बसेको बैठकले वन नियमावली २०७९ अनुसुची ९ बमोजिम गोलिया काठको गुणस्तर निर्धारण ( खण्ड क) को १,२,३,४ बमोजिम घाटगद्धिमा गोलिया नरहेको र यसलाई सच्याई दोस्रो सुचना प्रकाशन गर्न माग गर्दै डिभिजन वन कार्यालयलाई समेत पत्रचार गरेको संघ का महासचिव कल्याण टण्डनले बताए ।