
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ मा अवस्थित बालज्योति इङ्गलीश बोर्डिङ्ग स्कुलको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको शैक्षिक अवस्था सन्तोषजनक रहेको बताउँदै, नगरपालिकाले सामुदायिक तथा निजी दुवै विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर लागी परेकोे बताउनु भयो । नगरका विद्यार्थीहरूले देशका विभिन्न स्थानमा आफ्नो पहिचान बनाउन सफल भएको बताउदै यो नगरका लागि गौरवको कुरा रहेकोको बताउनु भयो । साथै नगर प्रमुख अर्यालले नगरको स्थानिय पाठ्यक्रमले यस क्षेत्रको विकास र पहिचानमा ठुलो टेवा पुगेको बताउनु भयो ।
विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष सरोज खनालले बालज्योति इङ्गलीश बोर्र्डिङ्ग स्कुल हरेक गतिविधिमा राम्रो रहेको बताउनु भयो । साथै उहाँले बालबालिकाको भविष्य राम्रो बनाउन अभिभावक र शिक्षकको साथ उतिकै आवश्यक रहकोमा जोड दिनु भयो । अध्यक्ष खनालले अभिभावहरुलाई घरमा बच्चाको पढाईप्रति ध्यान दिन अनुरोध गर्दै अनुशासन, समय व्यवस्थापन र सकरात्मक व्यवहारमा जोड दिन आग्रह गर्नु भयोे ।
विद्यालयका प्रधानाध्यापक सर्वेन्द्रदेव खनालले विद्यालयलले हाल सम्म गरेका उपलब्धिहरुको बारेमा जानकारी दिदै विद्यालयको गुणस्तर सुधार गर्न गरेका प्रयासहरुको बारेमा चर्चा गर्नु भएको थियो । विद्यालयले विद्यार्थीको सर्वांगीण विकासमा निरन्तर कार्य गरिरहेको उल्लेख गर्नुभयो । भाईस प्रिन्सिपल अजय पाण्डे र विद्यार्थी एलिस खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल सर्वेन्द्रदेव खनाल र विद्यार्थी दर्शन पौडेलले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै कानुङ सहकारीका अध्यक्ष झमन बहादुर सोमै, नागरिक समाजका कपिलवस्तुका पुर्व अध्यक्ष दोलखबहादुर पछाईंले आर्थिक समृद्धिको आधार पनि गुणस्तरीय शिक्षा नै भएको उल्लेख गर्दै हरेक क्षेत्रबाट शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । विद्यालयमा मात्र होइन, घरमा पनि राम्रा संस्कार र अनुशासन सिकाउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्यार्थी आलोक तिवारीले बोल्दै विद्यालयले आवश्यक गुणस्तर शिक्षामा जोड दिएको बताउनु भयो । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा विद्यालयका संञ्चालक लक्ष्मण वेल्वासे, युनाइटेड नेशनल अस्पतालका अध्यक्ष मुनाराम चालिसे, विद्यालयका सञ्चालक सुन्दर आचार्य, प्याब्सन कपिलवस्तुका सचिव राजु अधिकारी, राजापानी सामुदायिक वनका अध्यक्ष सितादेवी पौडेल लागयत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, अभिभावक विद्यार्थी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
नतिजा शैक्षिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शिक्षा, अनुशासन र मेहनतले मात्रै विद्यार्थीको भविष्य उज्यालो बनाउन सकिनेमा जोड दिएका छन् । बालज्योति इङ्गिलश बोर्डिङ्ग स्कुलमा दोस्रो सत्रको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रि बलराम अधिकारीले सरकारले गुणस्तरिय शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेकोे बताउनु भयो । साथै उहाँले बालज्योति इङ्गलीश बोर्डिङ्ग स्कुलको नतिजा जिल्लामा धेरै राम्रो रहको बताउदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो । मन्त्रि अधिकारीलाई विद्यालयले सम्मान समेत गरेको थियो ।