
रामबहादुर गन्धर्व
बाणगंगा नगरपालिका–६ स्थित कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनमा शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका कार्यकारी निर्देशक युवराज पोख्रेलले विद्यालयमा अध्ययनरत बालबालिकाले सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएकोमा प्रशंसा व्यक्त गर्दै, कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिएका थिए।
त्यसैगरी विद्यालयका अध्यक्ष सरोज खनालले गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावक दुवै पक्षको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सहकार्य र समझदारीको आवश्यकता औंल्याए। कार्यक्रममा विद्यालयका प्राचार्य ठाकुर प्रसाद पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उपलब्धिहरू बारेमा जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) तथा कक्षा १२/२२ को परीक्षा दिएका साथै विभिन्न अतिरिक्त गतिविधिमा सहभागी भई उत्कृष्ट हुने विद्यार्थीहरूलाई ट्रफी, मेडल, शैक्षिक सामग्री लगायत विविध पुरस्कारहरू प्रदान गरेको थियो।
समारोहमा शिक्षाप्रेमी दोर्ण प्रसाद आचार्य, समाजसेवी रामप्रसाद न्यौपाने, सञ्चालक समितिका सदस्यहरू दिपक खनाल, शान्ता भुसाल, शेयर सदस्य, अभिभावक, पूर्व विद्यार्थीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य शैक्षिक संयोजक ध्रुव प्रसाद शर्माले राखेका थिए भने सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश वि.क. र अतिरिक्त क्रियाकलाप संयोजक बिन्दु अर्यालले गरेका थिए।