
रामबहादुर गन्धर्व
कपिलवस्तु नगरपालिका ९ कुस्मा स्थित बुद्धशान्ति ईङ्गलिस बाेडिङ्ग स्कुल काे अभिभावक भेला ,नतिजा प्रकाशन तथा १३औ बार्षिकाेत्सव सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रमकाे अन्नपूर्ण बिद्या मन्दिर मा.बि.काेपवाका प्राचार्य मदन मल्लले उद्वाटन गरे ।
कार्यक्रममा बाेल्दै उनले बालबालिकाहरू भविष्यका कर्णधार भएकाले उनिहरूकाे मार्ग निर्देशनका लागि बिद्यालयकाे मात्रै जिम्मा नभई अभिभावकहरूकाे महत्त्वपूर्ण भुमिका रहने ,गुणस्तरीय शिक्षा ,उत्कृष्ट नतिजाका लागि शिक्षक,बिद्यार्थी र अभिभावक तिनै पक्षको सहकार्य आवश्यक रहेको औलाए। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं प्यवशनका निवर्तमान सचिव नवीन शर्माले कार्यक्रमलाई सम्बाेधन गर्दै बुद्वशान्तिले आफुलाई नमुनाकाे रूपम चिनाउन सफल भएको ठहर गरे। भने कार्यक्रममा बाेल्दै बिद्यालयका अभिभावक पार्वती भट्टराई ,पुर्ण प्रसाद पौडेल वडा न.९का महिला सदस्य बबिता सुनार लगाएतले बिद्यालयले बालबालिकाहरूकाे स्वास्थ्यलाई ध्यानमा राख्दै उनिहरूकाे भविष्यप्रति खेलेको सकारात्मक भुमिका काे खुलेर प्रशंसा गरेका थिए।
साे अवसरमा बिद्यार्थीहरूले हाल देशमा भएको राजनीतिक बिकृति,बिसंगति ,सामाजिक सद्भाव कायम राख्ने विभिन्न धर्म संस्कृतिकाे संरक्षण गर्ने जस्ता सन्देशमुलक नृत्यनाटक प्रस्तुत गरेका थिए ।यसैबीच बिद्यालयले आफ्ना दशौं ब्याजका बिद्यार्थी ,समय अगावै बिद्यालयमा लाग्ने शुल्क एकमुष्ट भुक्तानी गर्ने अभिभावकहरूलाई सम्मानपत्र,प्रशंसापत्रले सम्मान गरेको थियो भने २०८२मा लिएको परीक्षा , बिद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप र विभिन्न बिधामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरूलाई शैक्षिक सामग्री ,ट्रफी ,मेडल लगाएतका पुरस्कार प्रदान गरेको थियो । कार्यक्रम कृष्ण गाेपाल के.सि.काे अध्यक्षता शिक्षिका अमृता पाेख्रेल स्वागत र बिद्यालयका प्रिन्सिपल नारायण प्रसाद पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।