ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

Lumbini Darpan 2 २०८२ असार २५, बुधबार १८:४७
[sharethis-inline-buttons]

रबिन्द्र पौडेल, कपिलवस्तु
विकास, रोजगारी र समृद्धिको मेरुदण्ड भनेकै घरेलु तथा साना उद्योग हो । यी उद्योगहरूले स्थानीय स्रोत, सीप र श्रमको उपयोग गरी राज्यलाई कर बुझाउने मात्र होइन, स्थानीय तहमा स्वरोजगारको अवसर सिर्जना गर्दै अर्थतन्त्रलाई जीवन्त राखेका छन् । तर दुःखद सत्य के हो भने, यस्ता उद्योग आज सरकारको उपेक्षा र नियमनको कमजोरीका कारण संकटमा छन् ।
विशेषतः फर्निचर तथा डेकोरेसन व्यवसाय अहिले अस्तित्वकै सङ्कटमा छन् । व्यवसाय दर्ता गरि कर तिरेर नियमपालन गर्दै आएका स्थानीय उधमीहरूलाई अहिले भारतबाट अवैध रूपमा आएका घुमुवा मिस्त्री र कामदारहरूसँग अन्यायपूर्ण प्रतिस्पर्धा गर्नु परेको छ । उनीहरू न त दर्ता छन्, न कर तिर्छन्, न राज्यले निगरानी गर्छ । तर खुल्ला रुपमा व्यवसाय गर्दैछन् — यही नियमनहीनता आजको विडम्बना हो ।

स्थानीय सरकार किन मौन ?
जब राज्यको ढुकुटीमा कर बुझाउने व्यवसायी संकटमा छन्, तब स्थानिय सरकार किन मौन छ? दर्ता नगरी व्यवसाय गर्नेहरूमाथि निगरानी गर्न, कर प्रणालीमा ल्याउन र कानून कार्यान्वयन गराउन स्थानीय सरकारको संवैधानिक दायित्व हो । तर अहिलेसम्म यसतर्फ न ध्यान दिइएको छ, न कारबाही देखिएको छ ।

के हुन्छ यसको असर ?
स्थानीय व्यवसाय बन्द हुने खतरा
स्थानीय युवाको रोजगारी गुम्ने अवस्था
राज्यलाई कर नतिरिने भएकाले राजस्व घाटा
सीपमूलक पेशाप्रति स्थानीय जनशक्तिमा निराशा
यसले दीर्घकालीन रूपमा सामाजिक असमानता र आर्थिक असन्तुलनको खाडल अझै फराकिलो बनाउनेछ ।
अब के गर्नु पर्छ?
१. नगरपालिका क्षेत्रभित्र सवै प्रकारका सेवा प्रदायकको अनिवार्य दर्ता प्रणाली लागू गर्नुपर्छ ।
२. घुमुवा तथा अवैध मिस्त्रीहरूको नियन्त्रण, निगरानी र कारबाहीमा स्थानीय सरकार कठोर बन्नुपर्छ ।
३. स्थानीय व्यवसाय संरक्षण नीति बनाई स्वरोजगारलाई प्राथमिकतामा राख्नुपर्छ ।
४. सीपमूलक कार्यक्रमहरू, स्थानीय श्रम र उत्पादन प्रवद्र्धनमा बजेट र नीति केन्द्रित गरिनुपर्छ ।
अन्त्यमा
देशको समृद्धि चाहने हो भने घरेलु र साना उद्योगको सुरक्षा, सम्मान र प्रवद्र्धन अनिवार्य छ। नियम पालना नगर्नेहरूलाई प्रोत्साहन र कर बुझाउने व्यवसायीलाई निरुत्साहित गर्ने नीति कदापि सह्य छैन ।
अब समय आएको छ – स्थानीय सरकार मौन होइन, सक्रिय बनोस् ।
हामी व्यवसायी मौन बस्न सक्दैनौं, अब हामी आवाज उठाउँछौं – कानुनको पक्षमा, स्थानीय उद्योगको संरक्षणका लागि ।

रबिन्द्र पौडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, कपिलवस्तुको महासचिव हुनुहुन्छ ।

 


प्रकाशित : २०८२ असार २५, बुधबार १८:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

आज गाईजात्रा पर्व मनाइँदै

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech