ताजा अपडेट

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जेड वान : नेपाली प्रविधिको नयाँ पहिचान

Lumbini Darpan 1 २०८३ असार १६, मंगलवार १६:०४
[sharethis-inline-buttons]

संगिता भुसाल । सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट सफ्टवेयर निर्माणका लागि राजधानी वा विदेशी सहर नै आवश्यक पर्छ भन्ने धारणा क्रमशः परिवर्तन हुँदै गएको छ। यसको उदाहरण बनेको छ लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा रहेको जेड वान टेक्नोलोजी, जसले मोफसलमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै आधुनिक डिजिटल प्रणाली विकास गरिरहेको छ।

संस्थागत रूपमा करिब पाँच वर्षअघि स्थापना भए पनि कम्पनीका संस्थापक भानु मरासिनी र गोविन्दप्रसाद चौधरी को सफ्टवेयर विकास यात्रा भने दुई दशकभन्दा लामो रहेको छ। उनीहरूले २०६० सालतिर सहकारी व्यवस्थापन तथा सहकारी बैंकिङ प्रणाली विकासबाट आफ्नो यात्रा सुरु गरेका थिए। कम्पनीका अनुसार उक्त प्रणाली अहिले पनि देशभरका १०० भन्दा बढी सहकारी संस्थामा सफलतापूर्वक सञ्चालनमा छ।

त्यसपछि सहकारी, अस्पताल, दुग्ध उद्योग, व्यापारिक प्रतिष्ठान तथा सरकारी–गैरसरकारी निकायका लागि विभिन्न व्यवस्थापन प्रणाली निर्माण गर्दै उनीहरूले लामो अनुभव हासिल गरेका छन्। यही अनुभवलाई संस्थागत रूप दिँदै स्थापना भएको जेड वान टेक्नोलोजीले हाल आफ्ना दुई प्रमुख प्रणाली जेड वान ट्रयाकर र जेड वान एचआरएम व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

सवारीसाधन व्यवस्थापनमा ‘जेड वान ट्रयाकर’

सवारीसाधनको सुरक्षा, निगरानी र व्यवस्थापनलाई सहज बनाउन कम्पनीले जेड वान ट्रयाकर विकास गरेको छ। कम्पनीका अनुसार यसका लागि आफ्नै सुरक्षित जीपीएस सेवा प्रणाली र सफ्टवेयर निर्माण गरिएको छ।

हाल नेपालभर एक हजारभन्दा बढी प्रयोगकर्ताले विद्यालय बस, मालवाहक तथा अन्य सवारीसाधनको प्रत्यक्ष निगरानीका लागि यो प्रणाली प्रयोग गरिरहेका छन्। नेपालमा सेवा विस्तारपछि कम्पनीले भारतमा समेत आफ्नो सेवा विस्तार गरेको जनाएको छ।

मानव स्रोत व्यवस्थापनको आधुनिक प्रणाली ‘जेड वान एचआरएम’

संस्थामा कार्यरत कर्मचारीको सम्पूर्ण विवरण, हाजिरी, बिदा, तलब, अतिरिक्त समय, पालो व्यवस्थापन तथा कार्यसम्पादनको अभिलेख एकीकृत रूपमा व्यवस्थापन गर्न कम्पनीले जेड वान एचआरएम विकास गरेको छ।

यो प्रणालीमार्फत एउटै कार्यालयबाट देशभर रहेका शाखा कार्यालयका कर्मचारीको विवरण सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने कम्पनीको भनाइ छ। औँठाछाप वा अनुहार चिन्ने हाजिरी उपकरणसँग प्रत्यक्ष रूपमा जोडिने यो प्रणालीमा कर्मचारीको हाजिरीको विवरण तत्काल कार्यालय र मोबाइलमा पुग्ने व्यवस्था गरिएको छ।

कार्यालय बाहिर कार्यरत कर्मचारीका लागि तोकिएको स्थानभित्र पुगेपछि मात्र हाजिरी गर्न मिल्ने सुविधा, सेवाग्राही व्यवस्थापन, फिल्डमा खटिएका कर्मचारीको गतिविधि अनुगमन, कार्यालयका सवारीसाधनको प्रत्यक्ष निगरानी, तीव्र गतिमा सवारी चलेको सूचना, आन्तरिक सन्देश आदानप्रदान, मोबाइलबाटै बिदा र भ्रमण स्वीकृतिको व्यवस्था तथा मासिक तलब विवरण स्वचालित रूपमा तयार हुने सुविधा यस प्रणालीमा समावेश गरिएको कम्पनीले जनाएको छ।

साथै, अस्पताल, उद्योग तथा चौबीसै घण्टा सञ्चालन हुने संस्थामा आवश्यक पर्ने रात्रिकालीन ड्युटी, पालो परिवर्तन, ढिलो उपस्थित भएको विवरण तथा अतिरिक्त समयको हिसाबसमेत स्वचालित रूपमा हुने व्यवस्था गरिएको छ।

मोफसलबाट विश्व बजारतर्फको यात्रा

दुई दशकको अनुभव, निरन्तर अध्ययन–अनुसन्धान र प्रविधिप्रतिको समर्पणका आधारमा मोफसलबाट सुरु भएको यो यात्रा अहिले राष्ट्रिय सीमाभन्दा बाहिर विस्तार हुन थालेको कम्पनीले जनाएको छ।

प्रविधिको प्रभावकारी प्रयोगले संस्थाको कार्यक्षमता, पारदर्शिता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वासका साथ जेड वान टेक्नोलोजीले आफ्ना प्रणालीहरू साना व्यवसायदेखि ठूला उद्योग, बैंक, अस्पताल, विद्यालय तथा सरकारी निकायसम्म विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

मोफसलबाटै विश्वस्तरीय प्रविधि निर्माण गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा जेड वान टेक्नोलोजीले नेपाली सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको देखिएको छ।


प्रकाशित : २०८३ असार १६, मंगलवार १६:०४

Lumbini Darpan 1

लेखकबाट थप

  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश
  • जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान
  • पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत
  • लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

भर्खरै

  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

  • जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

  • पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

  • लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech