मानव अधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसको अबसर पारेर बाणगङा नगरपालिकाभित्र कृयाशिल सञ्चारगृहहरु र ईलाका प्रहरी कार्यलय पिपरा कपिलवस्तु सुरक्षाकर्मिलाइ एक कार्यक्रमका बिच मास्क, सेनिटाइजर र पानी हस्तान्तरण गरेको छ। कोभिड -१९ को दोस्रो लहरमा कुनै प्रवाह नगरी आफ्नो कार्यमा निरन्तर कार्य सम्पादन गरेको भन्दै सामाजले संचारकर्मी र सुरक्षाकर्मिको मानवीय भावनाको सम्मान समेत गरेको छ। समाजका सभापति गोविन्द पोख्रेलले आफू सुरक्षीत भएर मानवीय सेवामा लाग्न उपस्थित सम्पूर्ण मानवअधिकार कर्मी सुरक्षाकर्मी पत्रकार सबैमा अपिल गर्नुभएको थियो। कार्यक्रममा शान्ति समाजका केन्द्रिय सदस्य दिल बहादुर कार्की, सल्लाहकार बासुदेव घिमिरे, सागर श्रेष्ठ, ईलाका प्रहरी कार्यलय पिपराका सहि खिम बहादुर जि सि विभिन्न सञ्चार गृहका सन्चारकर्मी मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुका पदाधिकारी एबम सदस्यहरूको उल्लेख उपस्थित रहेको थियो। सो कार्यक्रममा शान्ति समाजका सदस्य सबिन रणपालको जन्मदिन समेत मनाइएको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला सभापति गोविन्द पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला सचिव माधव घिमिरेले गर्नुभएको थियो।




















