ताजा अपडेट

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मोटाएर हैरान हुनुभयो ? यी ८ फलफूल र तरकारीले तीब्र रुपमा घटाउँछ तौल

लुम्बिनी दर्पण २०७८ असार २९, मंगलवार १०:४०
[sharethis-inline-buttons]

 

काठमाडौं ,असार २९

धेरै मानिस आफ्नो बढ्दो तौलका कारण तनावमा हुन्छन् र यसलाई कम गर्नका लागि विभिन्न तरिका अपनाउने गर्छन् । तर थोरैलाई मात्रै थाहा छ कि डाइटमा थोरै परिवर्तन गरेर निकै सजिलै तौल घटाउन सकिन्छ । केही फलफूल र सागसब्जीले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल पनि नियन्त्रणमा राख्छ । यदि तपाईं आफ्नो तौल कम गर्ने कोसिसमा हुनुहुन्छ भने डाइटमा यी फलफूल र सागसब्जी समावेश गर्नुहोस् ।

खरबुजाः

गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ । खरबुजामा ९२ प्रतिशतसम्म पानी हुन्छ जसले शरीरलाई हाइड्रेट राख्ने गर्छ । खरबुजामा फाइबर बढी र क्यालोरी कम हुन्छ । खरबुजा खाँदा धेरै बेरसम्म भोक लाग्दैन र यसले गुलियो खाने इच्छालाई पनि कम गर्छ । खरबुजामा भिटामिन सी, ए, म्याग्नेसियम, पोटासियम र लाइकोपिन हुन्छ । यी सबै तत्वले तौल कम गर्नुका साथै गम्भीर रोगबाट पनि जोगाउँछ ।

मेवाः

तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने आफ्नो खानामा मेवा समावेश गर्नुहोस् । मेवामा क्याल्सियम, भिटामिन, आइरन, मिनरल्स र फस्फोरस पाइन्छ । यसका थुप्रै एन्जाइमले पाचन तन्त्रलाई बलियो बनाउँछ । यसमा क्यालोरी र चिल्लोपना निकै कम हुन्छ । यसले पेट फुल्ने समस्या पनि कम गर्छ ।

काँक्रोः

काँक्रोले पेटलाई चिसो बनाउनुका साथै गर्मीमा हाइड्रेट राख्न पनि मद्दत गर्छ । काँक्रोमा अत्यधिक फाइबर पाइन्छ जसका कारण तपाईंको पेट लामो समयसम्म भरिएको महसुस हुन्छ तसर्थ तपाईं अस्वस्थकर खानेकुरा खानबाट बच्नुहुन्छ । काँक्रो खाँदा तौल कम हुनुका साथै शरीरले आवश्यक पोषक तत्व पाउने गर्छ ।

आँपः

आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्ने गर्छ । सन्तुलित मात्रामा खाने हो भने यसले तौल बढाउने होइन, नियन्त्रणमा राख्छ । आँपमा बायोएक्टिभ यौगिक र फाइटोकेमिकल्स हुन्छ जसमा बोसो कोसिकालाई दबाउने क्षमता हुन्छ । यदि तपाईं तौल घटाउने कोसिस गरिररहनुभएको छ भने कुनै चिन्ता नगरी आँप खान सक्नुहुन्छ । यसका साथै यसको म्याङ्गो शेक बनाएर पनि पिउन सक्नुहुन्छ ।

लौकाः

लौका शरीरका लागि निकै फाइदाजनक छ । यसमा अत्यधिक पानी हुन्छ र फाइबर पनि प्रचुर मात्रामा पाइन्छ जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । लौकामा रत्तिभर पनि फ्याट हुँदैन । लौकाको तरकारी र जुसले शरीरलाई रोगबाट टाढा राख्नुका साथै मोटोपना घटाउन पनि निकै सहयोग गर्छ ।

भेँडे खुर्सानीः

भेँडे खुर्सानीमा पाइने फाइटोकेमिकल्स तौल नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ । यसले मेटाबोलिजम बढाउनुका साथै पाचन तन्त्र पनि ठिक राख्छ । यो भिटामिन ए र सीले भरपुर हुन्छ जसले शरीरमा प्रतिरोधी क्षमता बढाउने काम गर्छ । यसका थुप्रै तत्वले प्राकृतिक पेनकिलरले जस्तै काम गर्छ । तरकारीबाहेक तपाईंले भेँडे खुर्सानी सलादको रुपमा पनि खान सक्नुहुन्छ ।

पालुङ्गोः

पेटको बोसो काम गर्नमा पालुङ्गो निकै प्रभावकारी हुन्छ । यो फाइबर र पोषक तत्वले भरपुर हुन्छ । पालुङ्गोमा भिटामिन ए, सी, के, म्याग्नेसियम, आइरन र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । बोसो कम गर्नका लागि आफ्नो ब्रेकफास्ट वा खानामा पालुङ्गो समावेश गर्नुहोस् । तरकारीबाहेक यसलाई सलादमा राखेर पनि खान सकिन्छ ।

चुकन्दरः

चुकन्दरमा क्यालोरी निकै कम हुन्छ । यो फाइबरले पनि भरपुर हुन्छ जसका कारण लामो समयसम्म भोक लाग्दैन । चुकन्दरको जुसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ । यसमा रत्तिभर पनि फ्याट हुँदैन जसका कारण यसले तौल बढ्न दिँदैन । बिहान चुकन्दरको जुस पिउँदा तपाईं दिनभरी सक्रिय रहन सक्नुहुन्छ । यसले थकान, कमजोरी र मांसपेशीमा ऐठनको समस्या पनि टाढा राख्छ । स्रोत रातोपाटी


प्रकाशित : २०७८ असार २९, मंगलवार १०:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

भर्खरै

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech