ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बालबालिकाका लागि जरुरी तीन कुरा

लुम्बिनी दर्पण २०७८ श्रावण २०, बुधबार १२:१८
[sharethis-inline-buttons]

साउन २०

हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा जति आमाबुबाको नजिक हुन्छन् उनीहरुको व्यक्तित्व त्यति नै सन्तुलित हुन्छ ।बच्चा तपाईंको कति नजिक छ यस कुरा थाहा पाउनको लागि दुःखी वा चिन्तित भएको अवस्थामा हुने उनीहरु हामीसँग खुलेर कुरा गर्छन वा गर्दैनन् भन्ने बुझ्नुपर्छ ।उनीहरुले हामीसँग हरेक कुरा सेयर गर्छन् वा गर्दैनन् रु यदि गर्दैनन् भने हामीसँग बच्चासँग हुनुपर्ने जति गहिरो सम्बन्ध छैन भन्ने बुझ्नुपर्छ ।

ठूलो भएपछि ती मानिसहरुमा रोगको खतरा धेरै हुन्छ जसलाई सानो उमेरमा अभिभावकहरुले धेरै गाली गर्थे । वास्तवमा बच्चाको अभिभावकसँगको सम्बन्ध मिठासपूर्ण हुँदैन भने उनीहरुमा स्वस्थ जीवनशैली विकास हुँदैन । साथै भावनात्मक र सामाजिक भावनाको मामिलामा पनि उनीहरु पछाडि पर्छन् ।

अध्ययनका अनुसार यदि अभिभावक र बच्चाको सम्बन्धमा तिक्तता आउँछ भने बच्चाको खानपिन, सुत्ने र अन्य गतिविधिहरु अनियमित हुन्छ । घरको सन्तुलित खानाको सट्टा उनीहरु जंकफुड, स्ट्रिटफुड र उच्च फ्याटयुक्त खानेकुरा धेरै खान थाल्छन् ।

बच्चा र आमाबुवावीच सुमधुर सम्बन्ध हुन जरुरी छ । तर, बच्चासँग त्यती निकट पनि हुनुहुँदैन कि जसले उनीहरुलाई परनिर्भर र कमजोर बनायोस् । बच्चासँग सन्तुलित दुरी कायम राख्नुपर्छ । सन्तुलित र सौहाद्र्ध सम्बन्ध बनाउनुपर्छ ।

लोभ नदेखाउने

बालबालिका खुसी देख्न चाहन्छौं, जुन स्वभाविक हो । तर, बालबालिकालाई खुसी राख्ने चक्करमा लोभ देखाउनु राम्रो होइन । उनीहरुलाई हामी कतिपय प्रलोभन देखाएर खुसी राख्ने वा कुनै काम लगाउने गर्छौं । यसले क्षणिक रुपमा त उनीहरुलाई खुसी तुल्याउँछ । तर, दीर्घकालिन रुपमा खराब प्रवृत्तिको विकास हुनपुग्छ ।

उनीहरु हरेक कुरामा सर्त राख्न थाल्छन् । केही न केही कुरा माग गर्छन् । अर्थात उनीहरु लोभी हुन्छन् । जब हामी उनीहरुलाई लोभ देखाउँदै खुसी राख्ने यत्न गर्छौं, यसले उनीहरुमा लोभ गर्ने प्रवृत्ति विकास हुन्छ ।

जित्न मात्र नदिने

स्वभाविक हो, आफ्ना छोराछोरीले हरेक कुरामा जितेको देख्न चाहन्छौं हामी । कुनैपनि कुरामा हार्न नपरोस्, खिन्न हुन नपरोस्, दुःखी हुन नपरोस् भन्ने चाहन्छौं । तर, जानीबुझी उनीहरुलाई सबै कुरामा जित्न मात्र दिनु राम्रो होइन ।

उनीहरुले मागेको कुरा दिने, चाहेको कुरा दिने, जे भन्यो त्यही गर्ने, कहिल्यै हार्न नदिने प्रवृत्तिले अन्तत भविष्यमा उनीहरुलाई ठेस पु¥याउँछ । जीवन जिउने क्रममा सधै जित मात्र हात लाग्दैन । असफलता जीवनको एउटा अभिन्न पाटो हो । त्यसैले बच्चालाई हार्न पनि सिकाउनुपर्छ ।

सबै कुरामा सहयोग नगरौं

बालबालिकाले कापी, किताब मिलाउन खोज्छन्, हामी सहयोग गर्छौं । उनीहरु जुत्ता लगाउन खोज्छन्, हामी सहयोग गर्छौं । उनीहरुलाई भात ख्वाउन पनि हामी नै अग्रसर हुन्छौं । नुहाइदिने, सरसफाई गरिदिने, लुगाफाटो लगाइदिने, खेल्नेकुरा मिलाइदिने सबै कुरामा हामी नै अग्रसर हुन्छौं । र, उनीहरुलाई ति काम आफै गर्न दिदैनौं ।

यसले क्षणिक रुपमा त उनीहरुलाई सहयोग गरेको जस्तो लाग्नेछ । तर, भविष्यमा उनीहरुलाई परनिर्भर बनाउनेछ । स्रोत अनलाइन खबर


प्रकाशित : २०७८ श्रावण २०, बुधबार १२:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech