ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पर्यटक पर्खंदै बुद्ध जन्मस्थल लुम्बिनी

लुम्बिनी दर्पण २०७८ भाद्र २, बुधबार १२:२४
[sharethis-inline-buttons]

 

रुपन्देही, भदौ २

कोरोनाको महामाहरी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए । एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र, अर्को कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका विदेशी पर्यटकमध्ये अधिकांश त कम्तीमा एकपटक लुम्बिनी पुग्ने चाहना राख्थे नै । यी सबै सम्भावनाहरुलाई विश्वभर फैलिएको महामारीले असम्भव बनाइदिएको छ ।

त्यसैले यतिखेर विश्वप्रसिद्ध यो पवित्रस्थल पर्यटक पर्खिएरै बस्न बाध्य छ । नेपाल करिब डेढ वर्षयता देखि ठप्प प्रायः नै छ । कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि बन्दाबन्दीमा पुगेको देश अझै पूर्ण रुपमा खुल्न सकेको छैन । महामारी फैलिएसँगै बन्द भएको लुम्बिनी पनि पूर्ण रुपमा खुल्न नपाई फेरि बन्द हुन पुगेको छ । महामारीको दोस्रो लहरपछि साउन २७ गते बिहीबारदेखि लुम्बिनी पुनः खुलेको छ । लुम्बिनी खुले पनि यहाँ आउने विदेशी पर्यटकका उडान या अरू पहुँचहरु भने बन्द नै छन् ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर प्रवेश गर्न दिइने भएपछि मन्दिर खुल्ला गरिएको हो । कोरोना महामारीलाई ध्यानमा राखेर बिस्तारै अन्य विहारसमेत खोल्नका लागि अनुरोध गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । मायादेवी मन्दिर पूर्णरुपमा खुलेपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । मायादेवी मन्दिर खुल्ला भएसँगै आन्तरिक पर्यटकहरु लुम्बिनी आउने क्रम सुरु भएको लुम्बिनी होटेल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए ।

पर्यटकहरुको आवागमनलाई ध्यानमा राख्दै पर्यटन व्यवसायीले पनि आफ्ना व्यवसायलाई पुनः व्यवस्थित तरिकाले सञ्चालन गरेको उनको भनाइ छ । “कोरोना महामारीलाई ध्यान दिएर स्वास्थ्य मापदण्ड पालन गरी पर्यटकलाई सेवा दिएका छौँ,” उनि भन्छन् । होटेल सङ्घका अनुसार लुम्बिनीमा सानाठूला गरी ८० भन्दा बढी होटेल छन् ।

कोरोना महामारी फैलिएसँगै आन्तरिक तथा बाह्य पर्यटक आवागमन बन्द भएपछि लुम्बिनी सुनसान जस्तै रह्यो । महामारीअघि लुम्बिनी आउने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको थियो । सन् २०१२ मा सात लाख पर्यटक आएको लुम्बिनीमा सन् २०१९ सम्म आइपुग्दा १६ लाख पर्यटक आएका थिए ।

पर्यटक आवागमनको रफ्तार बढिरहेका बेला कोरोना महामारीले लुम्बिनी पछिल्लो डेढ वर्ष करिब सुनसान जस्तै रह्यो । यद्यपि, कोरोनाको पहिलो लहर सकिएर दोस्रो लहर सुरु हुनुअघिको बीचको समयमा स्वदेशीसहित करिब तीन लाख पर्यटकले लुम्बिनी घुमे । त्यही बीचमा दुई सय ५३ जना विदेशी पर्यटक आए भने ५० हजारको हाराहारीमा भारतीय पर्यटकले लुम्बिनी घुमे । बाँकी स्वदेशी पर्यटक थिए ।

नेपालमा बन्दाबन्दी खुले पनि उक्त समय संसारका थुपै्र देशमा लकडाउन कायमै थियो भने कतिपय देशमा महामारीले अर्को रुप लिँदै थियो । त्यसका बाबजुद पनि यो वर्ष ब्राजिलका ५०, जर्मनीका १७, फ्रान्सका १६, रसियाका २३ र अमेरिकाका ३० जना विदेशी पर्यटकले लुम्बिनी घुमेका छन् । महामारीबीच तीन लाख पर्यटकले लुम्बिनी घुम्नु सामान्य विषय होइन यसले लुम्बिनी घुम्न पर्यटकहरु लालायित छन् भन्ने देखाएको छ ।

दोस्रो लहरपछि लुम्बिनी खुले पनि भर्खरै विदेशी पर्यटकहरु आउने सम्भावना छैन । भारत र नेपालमा तेस्रो लहरका सङ्केतहरु देखिएका छन् । युरोप, अमेरिका लगायतका मुलुकमा सङक्रमणको नयाँ लहर देखिन थालेको छ । लुम्बिनी आउने पर्यटकको ठूलो स्रोत मानिने श्रीलङ्कामा पनि सङ्क्रमण कायमै छ । लुम्बिनी आउने पर्यटकको ठूलो स्रोत मानिने चीन, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड जस्ता बौद्ध मुलुकहरुले भ्रमणका लागि आफ्ना नागरिकलाई बाहिर जान अनुमति दिएका छैनन् ।

दोस्रो लहरले नेपाललाई आक्रान्त पारेको खबर संसारभर फैलिएका कारण पनि तत्काल पर्यटकहरु घुम्न आउने सम्भावना निकै कम रहेको विश्लेषण गर्छन् कोषका सूचना अघिकृत राजन बस्नेत । रुपन्देही, नवलपरासी र कपिलवस्तुका पर्यटकबाहेक बाहिरी जिल्लाका पर्यटकहरु निकै कम आएको उनको भनाइ छ । यद्यपि, कोरोनाविरुद्धकोे खोप अभियान चलिरहेकाले तेस्रो लहरले उग्ररुप नलिए भारतीय र स्वदेशी पर्यटक आउने आशा व्यवसायीलाई छ ।

अब लुम्बिनी घुम्ने यामसमेत सुरु हुने बेला भएकाले तयारी गरिएको व्यवसायीहरु बताउँछन् । पर्यटक आउने आशामा कोरोना सङ्क्रमणको रोकथामका लागि होटेलहरुलाई पटकपटक स्यानिटाइजेशन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेशन गर्ने काम भइरहेको छ । राम्रो सरसफाइ गरी होटेल, माला, पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकहरुलाई स्वागत गरिएको छ भन्छन्, “लुम्बिनी पर्यटन व्यवसायी सङ्घका सचिव पिन्टु बनिया ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि ट्राभल एजेन्सीहरु पनि प्रभावित छन् । छोटो दूरीका सवारी साधन तथा होटेलमा सामान्य बुकिङ भए पनि तेस्रो चरणको कोरोनाको प्रभाव यकिन गर्न नसक्दा व्यवसाय प्रभावित भएको छ भन्छिन्, नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्ट लुम्बिनी प्रदेश उपाध्यक्ष रचना पन्त ।

सरकारले पर्यटन प्रवद्र्धनका लागि कर्मचारीलाई १० दिन बराबरको पारिश्रमिक रकमसहित पर्यटन काज बिदा दिने निर्णयले पर्यटन व्यवसायी हौसिए पनि कोरोनाको प्रभाव नहराएका कारण व्यवसाय लयमा फर्कन नसकेको उपाध्यक्ष पन्तको भनाइ छ । उनका अनुसार लुम्बिनी प्रदेशमा झन्डै दुई सय टुर एन्ड ट्राभल्स एजेन्सी छन् ।

लुम्बिनी विकास कोषले भने लकडाउनकोे सदुपयोग गर्दै केही सौन्दर्यसम्बन्धी काम सम्पन्न गरेको छ भने केहीलाई निरन्तरता दिएको छ । लामो समयपछि पर्यटकहरु आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यसम्बन्धी काम गरिएको छ भन्छन्, विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय ९अवधेशकुमार त्रिपाठी० । उपाध्यक्ष मेत्तेयका अनुसार लुम्बिनी परिसरबाहिर रहेको महिलवारस्थित ५ नं प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रङ्गीन इँटा बिछ्याइएको छ । यसअघिको कालोपत्र सडक भत्काएर रङ्गीन इँटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ ।

पर्सा चौराहादेखि महिलासम्मको सडक चार लेन बनाएर रङ्गरोगन गरिएको छ । यसअघि साँघुरो रहेको उक्त सडक फराकिलो भएपछि अहिले लुम्बिनीको बाहिरी रुप परिवर्तन भएको आभास हुन्छ । ५ नं प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन् ।

यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकामा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ । माटो भरेर प्राचीन बोधी वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाहरुको मर्मतसम्भार गरिएको छ ।

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालियन पोलसहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ । केन्द्रीय नहरको पानी सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ । इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहकतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ ।

इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ । सफा गरिएका सम्पदाहरु निकै आकर्षक देखिएका छन् । शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूपा प्रस्ट देखिन थालेको छ ।

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलाहरुको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमुनि फूल फुलाएर सिङ्गारिएको छ । बगैँचाहरु सफा गरिएको छ भने पैदलमार्गहरु मर्मत गरिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारस लगायतका पक्षी र जनावरहरुको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ । जहाँ सारसका बच्चा हुर्किरहेका छन् ।

यस्तै गुरुयोजनको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ । करिब सम्पन्न हुन थालेको पाँच हजार अट्ने सभाहलले लुम्बिनीको आकर्षण थपेको छ । पर्सादेखि लोखडिया चोकसम्मको सडकको दुवैतिर बगैँचा निर्माण गरेर सिङ्गार्न थालिएको उपाध्यक्ष मेत्तेयले बताए । यसले पर्यटकलाई थप आकर्षण गर्ने छ । पवित्र उद्यान क्षेत्र घेर्ने परिक्रमा पोखरी सफा गरेर सौन्दर्यसम्बन्धी कामसमेत भइरहेको छ ।

सौन्दर्यसम्बन्धी कामसँगै अन्य पूर्वाधार निर्माणका कामसमेत अहिले भइरहेका छन् । महामारी पूर्ण रुपमा अन्त्य भएपछि आउने स्वदेशी विदेशी पर्यटकले लुम्बिनीमा फरक अनुभूति गर्ने गरी लुम्बिनी सिङ्गार्ने काम भइरहेको विकास कोषले जनाएको छ । मनमोहक ।।देखिन थालेको छ । सफा गरिएका सम्पदाहरु निकै आकर्षक देखिएका छन् । शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूपा प्रस्ट देखिन थालेको छ ।

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलाहरुको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमुनि फूल फुलाएर सिङ्गारिएको छ । बगैँचाहरु सफा गरिएको छ भने पैदलमार्गहरु मर्मत गरिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारस लगायतका पक्षी र जनावरहरुको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ । जहाँ सारसका बच्चा हुर्किरहेका छन् ।

यस्तै गुरुयोजनको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ । करिब सम्पन्न हुन थालेको पाँच हजार अट्ने सभाहलले लुम्बिनीको आकर्षण थपेको छ । पर्सादेखि लोखडिया चोकसम्मको सडकको दुवैतिर बगैँचा निर्माण गरेर सिङ्गार्न थालिएको उपाध्यक्ष मेत्तेयले बताए । यसले पर्यटकलाई थप आकर्षण गर्ने छ । पवित्र उद्यान क्षेत्र घेर्ने परिक्रमा पोखरी सफा गरेर सौन्दर्यसम्बन्धी कामसमेत भइरहेको छ ।

सौन्दर्यसम्बन्धी कामसँगै अन्य पूर्वाधार निर्माणका कामसमेत अहिले भइरहेका छन् । महामारी पूर्ण रुपमा अन्त्य भएपछि आउने स्वदेशी विदेशी पर्यटकले लुम्बिनीमा फरक अनुभूति गर्ने गरी लुम्बिनी सिङ्गार्ने काम भइरहेको विकास कोषले जनाएको छ । स्रोत रासस


प्रकाशित : २०७८ भाद्र २, बुधबार १२:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech