बुटवल भाद्र ३१
रुपन्देहीमा श्रीमतिलाई हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाँउपालिका–५ उत्तर भैसाहीकी २९ वर्षीय सिता थारु भदौ २५ गते राति आफ्नै कोठामा आगलागी हुँदा गम्भीर घाइते भएकी थिइन् । श्रीमतिलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमानलाई परुकाउ गरिएको हो ।
आगोलागीबाट गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि पाल्पाको मिशन अस्पतालमा लगिएको तर उनकोे थारुको क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए ।
मृतक सिताका श्रीमान्लाई बुधबार नै पक्राउ गरिएको छ र आवश्यक अनुसन्धान गर्नका लागि अदालतबाट ५ दिनको म्याद लिएको लिएका छौँ।’प्रहरी निरीक्षक दिवाकर रिजालले भने ।


















