ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाँझो बारीमा ढकमक्क सयपत्री

लुम्बिनी दर्पण २०७८ कार्तिक १७, बुधबार १६:०४
[sharethis-inline-buttons]

तनहुँ , कार्तिक १७

दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । घरको आँगनको डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन । एउटाको दुई सय रुपैयाँ तिरेर दिदीबहिनीले गलामा माला पहिराइदिए । भाईटीका सकिएपछि दिदीबहिनी र दाजुभाईबीच छलफल चल्यो, ‘हाम्रै बारीमा यस्तै फुल फुलाउन किन नसकेको रु’ यो प्रश्नले तनहुँ भिमाद नगरपालिका–८ धरमपानीका गोविन्द अधिकारीको मन अमिलो भयो र त्यतिबेलै उनले प्रण गरे अर्को साल जसरी पनि आफ्नै बारीमा सयपत्री फूलाउँछु ।

दिदीले ल्याएको मालालाई नै उनले बिऊ बनाएर बारीमा परीक्षण स्वरुप लगाए । त्यही सयपत्री बारीमा ढकमक्क फुलेन मात्रै आम्दानी पनि रहर लाग्दो भयो । ‘त्यही वर्ष मालाको सयपत्रीलाई बिऊ बनाएर बिरुवा लगाउँदा ६० हजार रुपैयाँ जतिको व्यापार गरे होला,’ गोविन्द सम्झन्छन् ।

कोदो खेती गरेर मरिमेटी गर्दा मुस्किलले एक मुरी नफल्ने बारीमा ६० हजार रुपैयाँको फुल फुलेपछि उनी हौसिए । गोविन्दले यसपालि बर्षौदेखि बाँझिएको साढे चार रोपनी बारी फोरेर व्यवसायिक तवरले सयपत्री लगाएका छन् । बाँझिएको बारी मात्रै होइन धान फल्ने खेतमा पनि उनले सयपत्री फुलाएका छन् ।

चितवनबाट कलकत्ते ९सुन्तले रंगको० सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो रहेको बारीमा लगाएका छन् । भदौ दोस्रो साता लगाएको सयपत्री तिहारको संघारमा ढकमक्क फुलेका छन् । बर्षौदेखि कोदो समेत फुल्न छाडेको बारीको गह्रामा ढकमक्क फुल फुल्दा वातावरण नै मनमोहक बनेको छ । रपर सयपत्रीले मगमग सुवास छरेको छ । ढकमक्क सयपत्रीको दृश्य र मगमगाएको शुवासले गोविन्दलाई पनि सन्तुष्टि दिलाएको छ ।

उनले लगाएको एउटै बोटमा ६० वटासम्म सयपत्रीको थुंगा छ । तिहारमा मात्रै सयपत्री बेचेर दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको गोविन्दले सुनाए । सयपत्रीले बजार पनि सजिलै पाउने उनी बताउँछन् । उनले फूलको प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गरेका छन् । ‘फुल देखेपछि हामी लैजान्छौँ भनेर व्यापारीको फोन आइरहेको छ,’ उनले भने, ‘बर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल ल्याइन्छ भनेपछि बजार पाउन दुःखै छैन् । उत्पादन गरेमात्रै भो, पैसा लिएर व्यापारी घरमै आउने भए ।’ माग धेरै आएपछि आफुले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर सप्लाइ गर्ने योजना रहेको अधिकारीले बताए । गत बर्ष लगाएको सयपत्री फुल सबै घरबाटै विक्री भएको उनी बताउँछन् ।

एसएलसी सकाएपछि गोविन्द वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब हानिए । १० बर्षको बसाइपछि नेपालमै केही गर्ने सोचले फर्किए । त्यसपछि यातायात व्यवसायमा हात हाले । सोचे जस्तो सन्तुष्टी मिलेन । उनको व्यवसायिक यात्रा फेन्सी पसलमा मोडियो । फेन्सीमा पनि सोचे जस्तो नभएपछि किराना पसल चलाए । जुन अहिले पनि छ । त्यतिमा मात्र उनको मन रम्न सकेन, कहिले तरकारी खेती गरे त कहिले केराको व्यापार । कुनैमा आम्दानी नहुने, कहिले बजार नपाउने समस्या भएपछि उनको मन कतै अडिएन । गत बर्ष लगाएको सयपत्री फूलमा भने उनको मन अडिएको छ ।

सयपत्रीमा सम्भावना देखेका उनी अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपालि व्यवसायिक तरिकाले लागेका उनी अर्को बर्ष फूल खेतीलाई अझ विस्तार गर्ने योजनामा छन् । ‘यहाँका धेरै युवा फूल खेतीमा आकर्षित देखिन्छन् । सम्भवत अर्को बर्ष सामूहिक रुपमै लाग्छौँ होला,’ अधिकारीले योजना सुनाए । गाउँमा रहेका बाँझा बारीमा ढकमक्क सयपत्री फुलाएर विदेशबाट ल्याउने फूललाई प्रतिस्थापन गर्ने सुर कसेको उनले बताए । तिहारको बेला मात्र नभएर हरसमय फूल खेती गर्ने योजना बनाएको अधिकारीले सुनाए । स्रोत विनोद ढुंगानारन्युज कारखाना


प्रकाशित : २०७८ कार्तिक १७, बुधबार १६:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेका पौरखी युवा सुुदिप

शिव मन्दिर वनको १९ औं वार्षिक साधारण सभा सम्पन्न

रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र

सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई

जेनजी प्रदर्शनमा मारिएका प्रदर्शनकारीहरूको शवयात्रा आजै

बुढानिलकण्ठ मा कृषि मेला, मुस्ताङ को स्याउ मुख्य आकर्षण बुढानिलकण्ठ

मकवानपुरमा श्रीमानलाई बाँधेर २ महिनाकी सुत्केरीमाथि बलात्कार

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech