रामु यादव
कपिलवस्तु नगरपालिका बडा न.७,मा रहेको धर्मपनिया युवा क्लब को पदाधिकारीहरु वडा कार्यालय को काम कार्वाही विधि तथा कर्मचारी हरु ले नेपाल संविधान धारा २९६ को उपदफा बमोजिम व्यवस्थापिका सांसद ले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार काम बिपरित काम गरेको भन्दै ताला बन्दि गरेका छन् ।

क्लवका पदाधिकारीहरुले वडा स्थानीय सरकार सञ्चालन गरेको ऐन अनुसार चल्न पर्ने मान्यता राख्दै क्लब को पदाधिकारीहरु ले यस्ता नीति पालन गर्नु पर्ने माग राख्दै ताल्चा लगाएको क्लबका अध्यक्ष शिवलाल ठाकुर ले बताए । यस अगाडी वडामा यीनै माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको वेवास्ता गरेपछी बाध्य भएर ताला लगाउनुपरेको बताएका छन् ।




















