ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मैले भेटेको `मृत्युले मुसारेको मानिस´

लुम्बिनी दर्पण २०७८ फाल्गुन ८, आईतवार २१:०४
[sharethis-inline-buttons]

    कृष्ण प्रसाद पौडेल

संयोगले प्रजातन्त्र दिवस परेको दिन, शनिवार ,फाल्गुण ७ गते आदरणीय दाजु मदन पौडेलको कृति `मृत्यले मुसारेको मानिस उपर अन्तरक्रियामा रुपन्देहीका गन्यमान्य स्रष्टाहरुको उपस्थिति रहेको समिक्षा र प्रतिक्रिया कार्यक्रममा सहभागी हुने अवशर पाइयो । म बबुरोले पढेका थोरै पुस्तकहरु मध्ये पुस्तक प्राप्त हुनासाथ निक्कै छिटो समयमा पढेर सकेको र दोहोर्‍याएर पढ्ने इच्छा जागृत भएको पुस्तक हो यो।  मैले पढेका थोरै पुस्तकहरु मध्ये खप्तड स्वामीको विचार विज्ञानलाई भने बेलाबखतमा धेरै पटक दोहोर्‍याएर पढ्ने गरेकोछु । स्वामीजीको विचार विज्ञान  आध्यात्मवादमा आधारित छ भने यो पुस्तक नितान्त भौतिक बस्तुपरक दस्तावेज पनि हो । सत्यकथनमा आधारित आत्मवृतान्त शैलीमा लेखिएको यो पुस्तकले तत्कालीन पञ्चायती व्यवस्था, नेपाली कम्युनिस्ट आन्दोलन, पत्रकारीताको मर्म र पत्रकारको कर्तव्य , आर्थिक सामाजिक र राजनैतिक  इतिहासका साथै वर्गीय अवस्थालाई त समेटेको छ नै  सायद लेखकले छुन नखोज्दा नखोज्दै पनि धार्मिक र सनातन परम्परालाई पनि  मन्द स्पर्श गरेको भेटिन्छ ।

समाजमा खरो मान्छे भनेर चिनिएका लेखकले आफ्नो लेखन कलालाई पनि खरो रुपमै प्रस्तुत गरेको पाइयो । मलाई भने भाषिक अलंकार भन्दा कर्ण शाक्यको सोँच र हरिबंश आचार्यको चिना हराएको मानिस जस्तै  गफ्फा शैलीमा लेखिएका पुस्तक मन पर्ने भएकोले यो पुस्तक पढ्दा लेखक संगै बसेको अनुभूति भयो । यदि पुस्तक लेखनका क्रममा रस, अलंकार र आभुषणलाई महत्त्व दिइएको भए  सायद मलाई यो पुस्तक दोहोर्‍याएर पढ्न मन लाग्दैनथ्यो होला । साहित्य स्रष्टाहरुलाई फुल बुट्टा छन्द गति यति रस प्यारो लाग्नु स्वाभाविकै हो ।  कृति लेखकीय दृष्टिकोणले आलंकारिक हुनु राम्रो हो तर पठनीय दृष्टिकोणले पनि सहज हुनुपर्छ भन्ने मेरो मान्यता हो ।  लेखक पौड्याल  सम्बन्धले मेरा दाजु भएकोले मलाई` तँ´भनी गरिएको संबोधन निक्कै प्यारो लाग्छ तरपनि मलाई यो पुस्तक दिन फोन मार्फत बोलाउँदा `ए किस्न ! तिमी याँ आउ त ; तिम्लाई मेरो पुस्तक दिन्छु ´भनेको शब्द सायद यो मेरा निम्तो पहिलो तिमी थियो होला । यसै गरि लेखकले आम रुपमा व्यवहारिक हिसाबले  जसलाई जे सम्बोधन गर्थे पुस्तकमा पनि सोही बमोजिम  सम्बोधन गरेको पाइयो। त्यसैले त यो आत्मवृतान्त  साँचो छ भन्ने आधार छ ।

पुस्तक अन्तरक्रिया कार्यक्रममा उपस्थित झण्डै दर्जन व्यक्तित्वहरु नै उक्त पुस्तक भित्रकै एउटा ठूलो हिस्साका प्रत्यक्ष-अप्रत्यक्ष रुपमा पुस्तकका पात्रहरू हुनुहुन्थ्यो त्यसैले पनि यो आत्मवृतान्त सत्यतामा मात्र आधारित छ भन्ने प्रमाण पाइयो । यसैगरी मृत्युको हत्केलामा बसेर लेखिएको पुस्तक झुट हुन सक्दैन भन्ने अर्को दह्रो प्रमाण पनि पुस्तक स्वयंले बताएको छ । तत्कालीन सामाजिक मान्यतालाई तोड्दै चरेसको थालमा मदिरा पान गरेको कुरा  र  भैरव अर्यालसंगको संगत र नितान्त व्यक्तिगत गोपनियताका कोठे पार्टिलाई समेत पुस्तकमा हुबहु  स्थान दिनुले यो पुस्तक आत्मसाक्षी राखेर लेखिएको आत्मवृतान्त हो भन्नेमा दुविधा रहेन। पुस्तकमा खरो र निडर स्वाभावका देखिएका लेखक पुस्तकमा मात्र नभई व्यवहारिक जीवनमा समेत उस्तै छन् । उच्चस्तरको आत्मविश्वासका कारण निकै जिर्ण स्वास्थ्य अवस्थामा पनि  यो पुस्तक लेख्ने क्रममा सायद लेखकलाई आजको दिनमा लेखकको आफ्नो भौतिक उपस्थिति सम्बन्धमा परिकल्पना नहुन पनि सक्छ र आफुले शारीरिक हिसाबले लेख्न नसके पनि  आफुले मुखले भट्याउँदै  भाउजू दुर्गा पौड्याललाई भटाभट लेख्न लगाउनुभएको अनुमान गर्न सकिन्छ ।  झट्ट शिर्षक र पुस्तकीय आवरण देख्दा कुनै सफल राजनितिज्ञ या सेलिब्रेटिको आत्मवृतान्त हो कि जस्तो लाग्ने देखिए पनि यो त नितान्त एउटा सभ्रान्त परिवारको छोरा कसरी कम्युनिस्ट आन्दोलनको नायक बन्न पुग्छ ? आफु स्वयं सभ्रान्त पारिवारिक पृष्ठभूमिको भएर पनि वर्गीय भेद अन्त्य गर्न उसले रोजेको निकै कष्टकर भूमिगत जीवनको भोगाइ , तत्कालीन राज्यव्यवस्था परिवर्तन गर्न समर्पित नायकको श्रीमती हुनुको कष्ट र साथ सहयोग मात्र नभई उत्तरार्ध अवस्थामा पुस्तक लेखनमा समेत लेखकको मन र दिमाग कै गतिमा लेखककी पत्नी भाउजू दुर्गा पौड्यालको कलमको प्रवाह गति पनि प्रशंसा गर्न लायक छ। आफू स्वयं एउटा कम्युनिस्ट योद्धा तर आफैले कम्युनिस्ट पार्टीको अर्को व्यक्तिलाई जबर्जस्ति ५ लाख चन्दा दिनुपर्ने तर रसिद मात्र  ३ लाख रुपियाको मात्र पाउनु भनेको राजनैतिक इमानदारीताको दृष्टिबाट निकै पिडादायी अवस्था देखिन्छ । यसैगरी लेखकले घरको धुरीमा गाडेको कम्युनिस्ट पार्टीको झण्डा हटाएर नेपालको राष्ट्रिय झण्डा गाडेको दिन पनि लेखको लागि निकै कष्टकर रह्यो होला भन्ने महशुस गर्न सकिन्छ । लेखकले आफ्नै सन्तति गुमाउँदा भएको पारिवारिक पिडालाई भन्दा बढी देशको दुर्दशा देखेर पीडित भएको देखिन्छ । शारीरिक रुपमा क्यान्सर जस्तो रोग त्यसमाथि कोरोना त्यसमाथि  लगातार चार पटक सल्यक्रिया गरेर एउटा किड्नी र पिसाब थैली समेत फालेर कृतिम थैलो बोकेर  मधुमेह जस्तो दीर्घ रोग त छँदैछ तर पनि अन्तरक्रिया कार्यक्रममा उपस्थित हुने हामी सबैभन्दा  अझ उच्च मनोवल साथ गरिएको प्रस्तुतिले पनि म बुढो भएँ निकै रोगी छु  भन्नेहरुका लागि पुस्तकका पाना बाहिरबाट पनि अव्यक्त हौसला मिलिरहेको थियो।  एउटा सच्चा कम्युनिस्ट जसले मार्क्सवाद लेलिनवाद मात्र नभइ धेरै वादहरु पढेको छ , विश्व राजनैतिक  परिवर्तनका दर्जनका दर्जन पुस्तक अध्ययन  र प्रत्यक्ष अनुभव बोकेको छ, देश विदेश घुमेको छ ,आफ्नो परिवार र शरीर भन्दा बढी परिवर्तनमा ध्यान छ तर नातावाद कृपावाद चाकडीचप्लुसीवादका कारण अवस्था  दयनीय भएको देखेको छ । यो पुस्तक कम्युनिस्टका विभिन्न वादहरु पछ्याउनेहरुका लागि मात्र होइन राजनीतिमा कसो गर्दा पतन भइन्छ र सफल हुन के गर्नुपर्ने हुन्छ भनी जान्नको लागि  अझ बढी गैह्र कम्युनिस्ट र दक्षिणपन्थी राजनीति गर्नेहरुलाई पनि त्यत्तिकै उपयोगी छ ।

इतिहासकारलाई उपयोगी छ, पत्रकार स्वयंको कृति भएकोले पत्रकारलाई उपयोगी छ पत्रकारिताका नाममा बाटो बिराएका कारहरुलाई सुध्रिन उपयोगी छ। पुस्तकमा राजनैतिक नियात्रा पनि समेटिएकोले नियात्राकारलाई पनि त्यत्तिकै उपयोगी छ। ब्यापारीलाई उपयोगी छ विद्यार्थीलाई उपयोगी छ आत्मबल सहित कसरी  जीउन सकिन्छ भनेर जीर्ण शरीर लिएर थला परेकाहरुलाई जीवन जिउन उपयोगी छ। कठिन परिस्थितिमा घर धान्ने कसरी हो गृहिणीलाई उपयोगी छ । इतिहास स्मरण गर्न चाहने वृद्धलाई उपयोगी छ इतिहास जान्न उत्सुक हुने बालकलाई उपयोगी छ।  तर यो पुस्तक त सबै भन्दा उपयोगी त ती व्यक्तिलाई छ जो लेखकका समकालीन राजनैतिक  पात्र थिए जसले राजनीतिको खोल ओढेर विभिन्न ओहोदामा पुग्न हात पाउ मोले व्यक्तिगत स्वार्थका निमित्त प्रभुहरुका पैताला चाटे अनि स्थान पाए जनतालाई र राज्यलाई खरीजुकाले र बनकिर्नाले जस्तै चुसे । व्यक्तिगत फाइदाका लागि कहिले जुटे-जुटाए ,कहिले फुटे-फुटाए तर लेखकले मात्र त्याग गरे लाभको पद नलिइ आफ्नो जिवन बिताए । त्यसैले राजनीतिका नाममा ब्यक्तिगत लाभमा रमाईरहेका सुकिला मुकिला नवदरवारियाहरुले त अनिवार्य पढ्नै पर्ने यो पुस्तक सबैभन्दा बढी तिनैलाई उपयोगी छ। र अन्त्यमा भन्छु , लेखक पाठकको तर्फबाट मात्र नभई आम नागरिकको तर्फबाट धन्यवादको पात्र छन् ।


प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार २१:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

फेसबुकमा अलविदा लेखेर सम्पर्कविहीन बने डाक्टर श्रेष्ठ, खोजीमा प्रहरी

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech