अनिता क्षेत्री , जीतपुर
अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नं १४ पावरा र विक्रम सोता हुदै कपिलवस्तु अर्घाखाँची जोड्ने पुल निर्माण प्रकृयालाई फास्ट ट्रयाक लैजान ठेकेदरलाई नगरका उपप्रमुख टिका रेश्मिले निर्देशन दिएका छन् ।

शितगंगा नगरपालिकाका उप-मेयर रेश्मीले निमाणर् हुँदै गरेको पुलको अनुगमन गर्दै आवश्यक कुनैपनी सहयोग का लागि आफु तयार रहेको समेत बताए । विकास सुशाशन र सामाजिक उत्तरदायित्वमा निरन्तर लागि परेका उप-मेयर रेश्मीले पुलको निमाणर् प्रकृयागत विषयको जानकारी लिदै यस पुलले खाँसगरि स्थानिय जनता वालबालिका र विपन्नहरुको सहज पुहुँच बढाउने बताए ।
पुलको ठेक्का लिएको सगुन कन्ट्रक्सन का ठेकेदार शुशिल बुढाले पुल निर्धारित समयमै सकिने बताउदै हाल पाएलिङ सकिएको र सव स्टक्चरको काम ८० प्रतिशत संम्पन्न भएको बताए । पुलको आगामी वार्षत पहिले नै सव स्ट्रक्चर को काम सक्ने लक्ष्य लिएको बताए ।
पुल नहुँदा बर्षातको समयमा स्थानिय जनता तथा विद्यार्थीहरुले बाढीको सामना गरेरै खोला वारपार गर्दा जोखिम मोल्दै आएका थिए । अर्घाखाँचीका अधिकांश नेताहरुको चुनावी एजेण्डा वनेको पुलको यसपटक निमाणर् कार्यले तिव्रता पाएको स्थानियले बताएका छन् । कन्सट्रक्सनले ३० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । पुल संम्पन्न भएपछी सो बाटो भएर कपिलवस्तु अर्घाखाँची निरन्तर बस सेवा संचालन समेत गरिने बताए । अनुगमनमा वडा नं १४ का वडाध्यक्ष दामोदर न्यौपाने सहित स्थानियहरुको समेत उपस्थित रहेका थिए ।




















