लुदस , बुटवल
हिसान रुपन्देहीले आयोजना गरेको बौद्धिक पलायनको समस्या र समाधानका भन्ने शीर्षकमा बुधवार भएको जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगतामा होराईन स्कुलकी गरिमा पोखरेलले प्रथम स्थान हासिल गरेकी छन् ।
प्रतियोगतामा देवदह पब्लिक ई बो स्कूल की निशा न्यौपानेले दोस्रो स्थान हासिल गरेकी हुन् । त्यस्तै तेस्रो स्थानमा होइराजन जी वी एस मा वि का अमित गौैतमले हासिल गरेका छन् । जसमा सगरमाथा मा वि देवदह सन्तोषी सापकोटाले सान्तना स्थान प्राप्त गर्न सफल भएकी छन् ।
तिलोत्तमा ५ मणिग्राम रहेको न्यु इन्भारन्मेन्ट ईङ्गलिसन सेकेन्डरी स्कुलमा भएको भएको प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयका कक्षा ११ र १२ अध्ययरत विद्यार्थीहरुले भाग लिएका छन् । प्रतियोगितमा डा विक्रमदेव नेपाल र गणेश डुम्रेले निणर्यको भुमिमा निर्वाह गरेका गरेका थिए ।

हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रमा हिसानका उपाध्यक्ष मधु प्रकास ज्ञवालीले प्रतियोगितको संयोजन गरेका थिए । कार्यक्रमा बोल्दै पुर्व अध्यक्ष तथा सल्लाकार दामोदर भुसालले नीजि क्षेत्रले शिक्षा क्षेत्रमा दिएको योगदानलाई राज्यले कदर नगरको गु्नासो गरे । हिसानका सचिव पुस्प कुमार घिमिरेले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकास गर्ने उदेश्यले हिसान यस्तो प्रतियोगिता राखेको बताए ।
हिसानले अन्तर जिल्ला हाजिरी जवाफ प्रतियोगता र जिल्लास्तरीय अन्तर विद्यालय बुद्धिचाल(चेस ) प्रतियोगता संचालन गर्ने उनले बताए । हिसानले शुक्रबार जिल्लास्तरको चेस प्रतियोगता बुटवलको स्कलर्स होम माविमा गर्ने हिसान जिल्ला सदस्य तथा चेक प्रतियोगता संयोजक वावुराम बन्जाडेले जानकारी दिए ।
यस्तै शुक्रबार नै जिल्लातस्तरीय अन्तर विद्यालय हिसान हाजिरी जवाफ प्रतियोगिता ग्लोरियस कलेज कालिकानगरमा गर्ने छ । हिसान रुपन्देहीका कोषाध्यक्ष तुल्सी प्रसाद सापकोटाले हिसानले प्रत्येक बर्ष गर्ने अतिरिक्त कार्यक्रम यो बर्ष यस्ता कार्यक्रम गरेको बताए ।




















