संगिता भुसाल
फाल्गुन २४, तौलिहवा
कपिलवस्तु नगरपालिका वडा नं. ६ बर्मेलीटोलमा रहेको गुरुकुल एकेडेमी विद्यालयले ११२ औं अन्तरराष्ट्रिय नारी दिवस मनाएको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शिक्षक शिक्षिका, विद्यार्थीहरुले र्र्याली निकालिएको हो ।

कार्यक्रममा गुरुकुल एकेडेमीका प्रिन्सपल युवराज बेल्वासेले नारी दिवसको शुभकामना दिदै आफ्नै घरमा छोराछोरीबीच भेदभाव नगरी समान व्यवहार गर्न आग्रह गर्नु भएको थियो । बर्तमान समयमा महिलाहरु पनि पुरुष सरह सक्षम बन्दै गएको बताउनु भयो। महिलालाई सुरक्षाको ग्यारेन्टी परिवार, समाज र राज्यले दिन सके जस्तो सुकै काम पनि गर्न सक्ने उल्लेख गर्नु भयो।
यसै गरी एकेडेमीका विद्यार्थी मनोज आचार्यले आफ्नो भनाई राख्दै पितृसत्तात्मक सोच, दाईजो प्रथा, कुरीती, छाउपडी लगायतका कुप्रथालाई हटाउनु पर्ने बताउनु भएको छ। यी कुरुतीले गर्दा महिला पछाडी परेको उल्लेख गर्नु भयो। एक दिन मात्र नभई नारीलाई हरेक दिन सम्मान गर्नु पर्ने बताउनु भयो। कार्यक्रमको संचालन शिक्षक अरुण सापकोटाले गर्नु भएको थियो।




















