लुम्बिनी दर्पण सम्वादताता
कपिलवस्तुको बाणगंगामा रहेको गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समिति ले नयाँ वर्ष २०७९ को क्लालेन्डर बिमोचन एक कार्यक्रमका विच संम्पन्न गरेको छ ।
मंगलवार संस्था को कार्यालयमा विमोचनका साथै उपसमितिहरु सँग होली मिलन तथा शुभकामना आदान प्रदान गरेको जनाईएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राज कुमार खाँणले पछिल्लो समय नदिजन्य पदार्थ को तिब्र दोहनले खानेपानीका मुहान मा गम्भिर असर परेको औल्याउदै वातावरणिय क्षेत्रमा सवै गम्भिर बन्नुपर्ने बताएका थिए ।
सो अवसरमा संस्थाका सदस्य नुम बहादुर वि.सी ,प्रेम बहादुर मल्ल, धुव्र मल्ल , उपसमिति सदस्यहरु लगाएतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष विष्णु वि.सी ले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन खिल प्रसाद शर्माले गरेका थिए ।




















