लुदस,लवनी
कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष महुबुद्धिन मुसलमानले एक महिना हुन नपाउदै पार्टी परिवर्तन गरेका छन् ।
२०७४ सालको निर्वाचनमा राप्रपा बाट चुनाव जितेका उनले निर्वाचन नजिकिदै गर्दा आफ्नो पद सुरक्षित गर्न गत फागुन २८ गते नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

उनि महिना दिन नपुग्दै पुन पार्टी परिर्वन गरेका छन् । शुद्धोधन गाउँपालिका को वडा नं ६ कालिमाई प्रा.वि मा आज आयोजित वृहत पार्टी प्रवेश तथा प्रशिक्षण कार्याक्रममा उनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी सहित यस अगाडी कांग्रेस प्रवेश गर्ने सोहि वडाका वडा सदस्य शिव शंकर चौधरी , जसपा पार्टी का शुद्धोधन गाउँपालिका ४ का उपाध्यक्ष समेत रहेका विदेश्वरी यादव सहित करिव १ हजार कार्यक्रर्ता माओवादीमा प्रवेश गरेको जनाईएको छ । कार्यक्रममा बोल्दै क्षेत्र नं १ सांसद बलदेव खनालले नव आगन्तुकहरुलाई स्वागत गरेका थिए




















